१५ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री बालेनको चेतावनी : एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ


प्रधानमन्त्री वालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन् । उनले आज आइतबार साँझ सामाजिक संजाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन् ।

कुनै पनि प्रसंग उल्लेख नगरी उनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

बिचौलियासँग न्यायाधीशहरूको सम्पर्क, मिडिया हाउसमा प्रहरी परिचालनको विषयमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्री शाहको यस्तो चेतावनी बाहिर आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !