१७ कार्तिक २०८३, मंगलबार

यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ मा


भाइटीका

काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिहारको शुभसाइत सार्वजनिक गरेको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिले भाइटीकाको दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्ने जनाएको छ ।

समितिका अनुसार यस वर्ष यमपञ्चकअन्तर्गतका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् । समितिले कात्तिक २० गते धनत्रयोदशी (धन्तेरस), यमदीप दान हुने जनाएको छ ।

कात्तिक २१ गते कागतिहार, २२ मा ककुरतिहार, लक्ष्मीपूजा गर्नुपर्ने जनाइएको छ । कात्तिक २३ गते गाईपूजा, २४ मा गोरुपूजा, म्हपूजा, ने.सं. ११४७ प्रारम्भ हुने समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !