१४ कार्तिक २०८३, शनिबार

संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : सभापति लामिछाने


रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि हुन नसक्ने स्पष्ट पारेका छन्। आज शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले लोकतन्त्र र संविधानको सर्वोच्चतामा रास्वपा स्पष्ट रहेको बताएका हुन्।

सभापति लामिछानेले संविधान र लोकतन्त्रमा आँच आउने क्रियाकलाप गर्ने जोसुकै व्यक्ति भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने र जिम्मेवारी लिनुपर्ने बताए । उनले यस विषयमा पार्टीको आन्तरिक छलफलबाट थप आधिकारिक निर्णय समेत सार्वजनिक गरिने जानकारी दिएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु