१८ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । आज मंगलबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

लगभग १८ दिनपछि बैठक बस्न लागेको हो। बैठकमा केही अध्यादेशलगायत विषयमा छलफल हुने तयारीसमेत रहेको स्रोतको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !