काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख महिनामा स्थानीय तह र मंसिर महिनामा प्रदेशको निर्वाचन हुनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले प्रदेश सभाको चुनाव अगाडि सार्न नहुने बताएका हुन् ।
उनले स्थानीय तहको चुनाव आउँदो वैशाखमा गर्नुपर्ने बताए। उनले दुवै चुनाव सँगै गर्न सकिने पनि बताए। त्यसका लागि स्थानीय तहको चुनावपछि पछि धकेल्नुपर्ने उनको भनाइ थियो।
अब हुने दुवै चुनाव प्रतिनिधि सभाको जस्तो नहुने उनको भनाइ थियो। दुई तिहाइको सरकार भन्दैमा जे पनि गर्न नपाइने उनको चेतावनी थियो । संसद् छलेर अध्यादेश ल्याउने कुरा सही नभएको उनले बताए ।















