काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैचोटि गर्न खोजे देश फेरि राजनीतिक दुर्घटनामा जाने चेतावनी दिएका छन् ।
आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले संविधान अनुसार नै स्थानीय र प्रदेशसभाको निर्वाचन हुनुपर्ने बताएका हुन् । उनले दुवै सरकार संविधान अनुसार ५ वर्ष चल्न पाउनुपर्ने बताए ।
एकैचोटि गर्दा संविधान मिचिने भएकाले देश फेरि राजनीतिक दुर्घटना जानसक्ने चेतावनी दिए। चुनावमा हिजो शान्ति सम्झौता, १२ बुँदे समझदारी, संविधान सभाका पक्षधरहरू एक ठाउँमा उभिनुपर्छ भन्ने स्पष्ट मत रहेको बताए ।















