, राजनीति

राजनीति

  • शेरबहादुर देउवा

    एमसीसी पारित भए नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने : सभापति देउवा

    दाङ, ५ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताउनुभएको छ । प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उहाँले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताउनुभयो । नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित […]

  • Upendra Yadav

    शहीदको सपना पूरा गर्न अझै सङ्घर्षरत : अध्यक्ष यादव

    लहान, ५ माघ । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको बताउनुभएको छ । तेह्रौँ मधेश बलिदानी दिवसको अवसर पारेर लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको सालिकमा माल्यार्पण गर्दै अध्यक्ष यादवले शहीदहरुको सपना अझै पूरा हुन नसकेकाले सङ्घर्ष जारी रहेको बताउनुभयो । शहीदहरुको बलिदानीलाई खेर […]

  • नारायणकाजी श्रेष्ठले

    एमसिसी राष्ट्रको हितमा छ : प्रवक्ता श्रेष्ठ

    गलकोट, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहनु भएका श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउने बताउनुभयो । “एमाले र […]

  • नारायणकाजी श्रेष्ठ

    एमसिसी राष्ट्रहितमा हुने गरी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ

    गलेश्वर, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताउनुभएको छ । राष्ट्रियसभा निर्वाचन प्रचार-प्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आउनुभएका नेकपा सचिवालय सदस्य रहुनुभएका श्रेष्ठले बेनीमा कार्यकर्तालाई सम्बोधन गर्दै एमसिसी राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्नेछ भन्नुभयो […]

  • शङ्कर पोखरेल

    विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल

    परासी, ४ माघ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताउनुभएको छ । उहाँले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरेका समेत बताउनुभयो । पश्चिम नवलपरासीको बर्दघाटमा नेपाल स्काउटको प्रदेश नं ५ स्तरीय आधारभूत तालीमको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य […]

  • एमसीसी

    एमसीसी (MCC) भनेको के हो ?

    एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्ने गुरू योजना सारेको देखिन्छ तर दिन लागेको सहयोग राशीबाट नेपालमा विकास नभई भ्रष्टाचार गरेमा नेपालीले ठूलो दु:खको सामाना गर्नुपर्ने हुन सक्छ । अहिले नेपालीको टाउकोमा ऋणले भारी बोकेको अवस्था देखिन्छ । एमसीसीका नाममा नेपाललाई करिब ५६ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउन लागेको […]

  • Raprapa

    राप्रपाको केन्द्रीय कार्य समितिको पूर्ण बैठक काठमाडौँमा बस्ने

    काठमाडौँ, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको पूर्ण बैठक यही माघ १७ गतेदेखि काठमाडौँमा बस्ने भएको छ । आगामी जेठमा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा समेत छलफल हुने उक्त बैठकमा समान विचार भएका पार्टीसँगको एकता, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन […]

  • छलफल

    प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल

    काठमाडौँ, ३ माघ । प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनलगायतका विषयमा आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ । द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको […]

  • Nepali-congress-Centre-office-Sanepa

    काँग्रेस संसदीय दलको बैठक शुक्रबार

    काठमाडौँ, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । “संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्मा राख्न नसकेकाले संसद् यथाश्रीघ चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको […]

  • कमल थापा, भीम रावल, रामचन्द्र पौडेल

    पूर्वमन्त्रीहरुको निवासमा ठूलो संख्यामा सुरक्षाकर्मी, घरेलु कामदारको रुपमा प्रयोग हुँदै

    माघ २, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरूले कानुनमाथि धावा बोल्दै ठूलो संख्यामा सुुरक्षाकर्मी आफ्नो निवासमा तैनाथ गराउँदै आएका छन् । सरकारी कार्यविधिले तोकेभन्दा १० गुणासम्म सुरक्षाकर्मी राखेर उनीहरूले कानुनको धज्जी उडाउँदै आएका हुन् । यसरी कानुन मिचेर सुरक्षाकर्मी राख्ने पूर्वउपप्रधान तथा गृहमन्त्रीहरूमा कमल थापा, भीम रावल, विजय कुमार गच्छदार, रामचन्द्र पौडेल, प्रकाशमान सिह, वामदेव गौतम, […]

  • भैसेपाटी भेलामा प्रधानमन्त्री फेर्ने नै थियो प्रस्ताव ?

    काठमाडौं, माघ १ । शर्त पूरा नहुँदा उम्मेदवारी अस्वीकार । तर, प्रयास भने जारी राख्दै गत साता नेकपाको संगठन विभाग प्रमुखसमेत रहेका सचिवाल सदस्य वामदेव गौतमको भैँसेपाटीस्थित घरमा सम्पन्न नेकपा अध्यक्षसहितको भेलाले निम्त्याएको अविश्वासपूर्ण आशंका अझै सेलाएको छैन । राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनको निम्ति वामदेवका हकमा उम्मेदवारीमा सहमति तर शर्तमा प्रधानमन्त्रीबाटै सहमति राaखिएपछि […]

  • Biplov

    विप्लवको ४ लाख लुटेको प्रहरीमाथि आरोप

    काठमाडौं, माघ १ । अघिल्लै दिन कार्यकर्ता समातिएको सूचना नपाउँदा नेतृत्वलाई कति ठूलो घाटा ! यसैको पछिल्लो शिकार बनेकी छिन् विप्लव माओवादीकी मेची–कोशी ब्युरो इञ्चार्ज उमा भुजेल ‘शिलु’ । उनी पुस १२ गते शनिबार सुनसरीको चकरघट्टीबाट समातिएकी हुन् । अघिल्लो साँझ भुजेल र कार्यालय सचिव सुमनसिंह पौडेल सुनसरी इञ्चार्ज प्रज्वलसहित दाइको घरमा बास बसेका थिए […]

  • ShekharKoirala

    संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा. कोइराला

    विराटनगर, २९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिनुभएको छ । कोइराला निवासमा आज आयोजित काङग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो । केन्द्रीय सदस्य कोइरालाले सङ्घीयता बलियो भए मात्र गणतन्त्र बलियो बन्ने बताउँदैै देशमा उत्पन्न हुन सक्ने कठिन परिस्थितिलाई […]

  • प्रचण्ड

    नियमविपरीत एकै पूर्वप्रधानमन्त्रीको सुरक्षामा ७७ सुरक्षाकर्मी, कसका निवासमा कति ?

    पुस २९, काठमाडौं । सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्य्विधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्य्विधि मिचेका हुन् । पूर्वप्रधानमन्त्री दाहाललाई कार्य्विधिअनुसार सुरक्षा प्रयोजनका लागि नौ जना सुरक्षाकर्मी उपलब्ध गराइनुपर्नेमा ७७ जना दिइएको छ । यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ […]

  • पेचिलो बन्दै सभामुख चयन

    २८ पुस, काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्ग्याउन नसक्दा सदनको कारबाही रोकिएको छ । दुई अध्यक्षबीच उम्मेदवार कसलाई बनाउने पटक–पटक छलफल भए पनि परिणाम निस्कन सकेको छैन । आइतबार बिहान पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल […]

  • शिवमाया तुम्बाहाम्फे

    तपाईंको पत्र तपाईंकै गोजीमा राख्नुस्, म राजीनामा दिन्नँ : उपसभामुख तुम्बाहाङ्फे

    २८ पुस, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेकपाले सभामुखको उम्मेदवार निश्चित नगरेसम्म आफूले राजीनामा नदिने अडान दोहोर्‍याएकी छिन् । पार्टी सचिवालयको तर्फबाट लेखिएको पत्रप्रति पनि उनले आपत्ति जनाएकी छिन् । नेकपाका दुई अध्यक्षले उपसभामुख तुम्बाहाङ्फेलाई भेट्न आइतबार ११ बजे बालुवाटार बोलाएका थिए । पार्टी सचिवालयले गरेको निर्णय दोहोर्‍याउँदै उनीहरूले राजीनामा गरेर पार्टीलाई सहयोग गर्न आग्रह […]

  • भैसेपाटी बैठकले प्रधानमन्त्री ओली रुष्ट

    २८ पुस, काठमाडौं । संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरुकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ । नयाँ सभामुख शिवमाया तुम्बाहाङ्फेले पहिले राजीनामा दिनुपर्ने निष्कर्ष उक्त भेलाले निकालेको थियो । सचिवालय सदस्य बामदेव गौतमको निवास भैसेपाटीमा गत बुधबार भएको भेलामा […]

  • सांसदद्वारा दिलीपका हत्यारालाई कडा कारवाही गर्नुपर्ने माग

    काठमाडौँ, २७ पुस । राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद डा. विमला राई पौडेलले दिलीप हत्या प्रकरणमा संलग्न व्यक्तिलाई सजाय मात्रै दिनेभन्दा पनि अब कहिलै त्यस्तो हुँदैन भनेर […]

  • प्रतिनिधिसभा

    प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

    काठमाडौँ, २७ पुस । प्रतिनिधिसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । बैठकको अध्यक्षता गर्ने उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले आज विशेष कारणवश बैठक स्थगन गरी अर्काे बैठक आगामी माघ ६ गते अपराह्न १ बजेका लागि तोक्नुभएको सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । यही पुस ४ गतेदेखि शुरु भएको सङ्घीय संसद्को […]

  • शिवमाया तुम्बाहाम्फे

    उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह

    २७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय […]