काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टी कार्यालयको लागि जग्गा चाहिएको बारेमा सूचना प्रकाशित गरेको छ । रास्वपाले आज घर जग्गा खरिद सम्बन्धी प्रस्ताव आह्वानको सूचना प्रकाशित गरेको हो ।
पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने मिति असोज १७ को केन्द्रीय समितिको निर्णयबमोजिम घर/जग्गा खरिद गर्नुपर्ने भएको बताएको छ ।
उक्त प्रयोजनका लागि आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा आवश्यक परेको हुँदा, देहायका सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनी/जग्गाधनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र प्रस्ताव पेस गर्न रास्वपाले अनुरोध गरेको छ ।












