७ मंसिर २०८३, सोमबार

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी


नरेन्द्र मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका छन्।

प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित यहाँस्थित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले छोटो समयको कुराकानीबाटै शाहको दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको बताए।

‘केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उनले विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो। आजको कुराकानीमा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उनको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु’, प्रधानमन्त्री मोदीले भने।

उनले नेपाली जनताले यस वर्ष प्रधानमन्त्री शाहलाई दिएको ऐतिहासिक जनादेश नयाँ पुस्ताका आकाङ्क्षा र आशाको प्रतिबिम्ब भएको उल्लेख गर्दै सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहने बताए।

भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्र नभई अद्वितीय विश्वासमा आधारित रहेको उल्लेख गर्दै उहाँले दुवै देशका खुसी र चुनौती साझा रहेको बताए।

एकअर्काको प्रगतिका साझेदार तथा कठिन समयमा सहयोगी रहेको उल्लेख गर्दै उनले हालै नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !