काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
आज बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आएका थिए ।
गृहमन्त्रीको रूपमा नियुक्त हुँदा गुरूङले प्रधान कार्यालयको निरीक्षण गर्दै प्रधानमन्त्रीले नै दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्ने बताएका थिए । प्रहरी संगठनभित्र आइजिपीलाई गृहमन्त्री वा प्रधानमन्त्रीले नै फूली लगाइदिन पर्ने लामो समयदेखि आवाज उठ्दै आएको थियो ।
उनी अवको केही बेरमा पद बहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल पुग्नेछन् । दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको हो ।











