२५ बैशाख २०८१, मंगलबार

चितवनका २७ बर्षीय युवकले कोरोनालाई जिते, आइसोलेशनवाट डिस्चार्ज


चितवनका २७ बर्षीय युवक आइसोलेशनवाट डिस्चार्ज

१३ वैशाख, चितवन । आज चितवनका २७ बर्षीय युवकले कोरोनालाई जितेका छन् । कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई आइसोलेशनवाट डिस्चार्ज गरिएको हो ।

उनकी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ । त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने बताइएको छ । चैत ३ गते बेलायतबाट यी आमा छोरा हङकङ हुँदै नेपाल आएका हुन् । दुई दिन काठमाडौँ बसेर उनीहरु घर आएका थिए ।

चितवनको राप्ती नगरपालिका-८ का २७ बर्षीय कोरोना संक्रमित युवक उपचारपछि निको भएर आइसोलेशनवाट डिस्चार्ज गरिएतापनि आमासंगै अस्पतालवाट डिस्चार्ज भई घर फर्किने भएका छन् ।

उनकी आमाको हेरचाह गर्ने मान्छे नभएकोले उनी निको भएतापनि घर नफर्किएका हुन् । उनलाई उक्त अस्पतालमा नै छुट्टै क्वारेन्टाइनमा राखिने भएको छ । आमा र छोरा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गराइरहेका उनको हिजो शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले आज शनिबार डिस्चार्ज गरिएको हो । ती युवकको बिहीबार गरिएको पहिलो परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका उनको र्‍यापिड टेष्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो । भरतपुर र काठमाडौंको टेकुमा गरिएको पीसीआर परीक्षणमा समेत पोजेटिभ आएपछि उनीलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।

उनकी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ । त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने बताइएको छ । चैत ३ गते बेलायतबाट यी आमा छोरा हङकङ हुँदै नेपाल आएका हुन् । दुई दिन काठमाडौँ बसेर उनीहरु घर आएका थिए ।

परिवारका सदस्य, उनीहरुसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिलाई हाल राप्तीको ब्रह्मनगरको क्वारेन्टाइनमा राखिएको छ । र्यापिड डायग्नोष्टिक टेष्टमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिएका छन् ।

हिजो मात्र नेपालको पाँचौं कोरोना संक्रमित बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा उपचारपछि निको भएर अस्पतालवाट डिस्चार्ज भई घर फर्किएकी हुन् ।

यसअघि चीनबाट फर्केका ३२ वर्षीय पहिलो कोरोना संक्रमित पुरुष यसअघि नै उपचारपछि निको भएर घर फर्किएका छन् । काठमाडौंस्थित टेकु अस्पतालबाट १९ वर्षीया युवती, बागलुङ हस्पिटलमा ६५ वर्षीया महिला, धनगढीको सेती प्रादेशिक अस्पतालबाट २१ र ३२ वर्षीय युवा,  सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष, टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष, पाटन अस्पतालवाट पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला, कैलाली जिल्ला लम्कीचुहा नगरपालिका-१ की ५० वर्षीया कोरोना संक्रमित महिला र हिजो बागलुङकी १९ वर्षीया अंशु सापकोटा निको भएर डिस्चार्ज भई घर फर्किसकेका छन् ।

आज १ जना र यसअघि ११ जना संक्रमित निको भएरसंगै आजसम्म जम्मा १२ जना निको भएका छन् । नेपालमा डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ । नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १२, आज १ जना निको भएर घर फर्किदै

बागलुङकी १९ वर्षीया अंशु सापकोटाले कोरोना जितेर फर्किन् घर

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो ११, आज १ जना निको भएर फर्किए घर

नेपालमा संक्रमितको संख्या ४९ पुग्यो, आज थपिए कोरोनाका १ संक्रमित

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १०, आज ३ जना निको भएर फर्किए घर

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो ७, आज २ जना निको भएर फर्किए घर

नेपालमा कोरोना संक्रमित ४ जना निको भएर फर्किसके घर, २७ जना उपचाररत

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर

बागलुङकी कोरोना संक्रमित वृद्धा आजै साँझ भइन् अस्पतालवाट डिस्चार्ज

कैलालीका संक्रमित युवा निको भएर अस्पतालवाट भए डिस्चार्ज, आज साँझ फर्किए घर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !