१८ बैशाख २०८१, मंगलबार

देशभर थप १०३ जनामा देखियो कोरोना, ३७५ सक्रिय संक्रमित


नेपालमा कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६२७ जनामा पिसिआर परिक्षण गर्दा ५० जना र १२९८ जनामा एन्टीजेन परिक्षण गर्दा ५३ जना गरी जम्मा १९२५ नमुनाको परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो ६४ घण्टामा ५३ जनाले कोरोना जितेर निको भएका छन् । हाल देशभर ३७५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने संस्थागत आइसोलेशनमा २६ जना, आईसीयुमा ८ जना र भेन्टिलेटरमा १ जना रहेका छन् ।

हाल क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् भने नेपालमा ६० लाख ३४ हजार ५०६ पिसिआर परीक्षण भएको छ भने १५ लाख ७१ हजार ४१९ एन्टीजेन परीक्षण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !