४ जेष्ठ २०८१, शुक्रबार

हाम्रो भान्सामा पनि यसरी भइरहेको हुन्छ जडिबुटीको प्रयोग


जडिबुटीको प्रयोग

काठमाडौँ । नेपालको जडिबुटीको प्रयोग भान्सामा भएको बताउन पाउदा हामीलाई खुसी लागेको छ । हाम्रा पुर्खाले भान्सामा प्रयोग गर्दै आएका हामीले नेपाली खानामा प्रयोग गर्ने बेसार, धनियाँ, जीरा, पुदिना, मेथी, जिम्बु, छ्यापी, मरिच, तेजपत्ता, काजु, बदाम, लहसुन, प्याज जस्ता थुप्रै जडिबुटी हुन् ।

तरकारीको रूपमा प्रयोग हुने हरियो सागसब्जी सलाद सवै भिटामिनका स्रोत हुन् । हाम्रो राम्रो स्वास्थ्य हुन खानपानको ठुलो हात रहेको हुन्छ । विषादी रहित खाना खान सके कुनैपनि रोगको चपेटाबाट आफूलाई बचाउन सकिन्छ ।

मानव जीवनका लागि खाना एउटा महत्वपूर्ण हिस्सा हो । बिना खाना मानिस वा कुनै पनि जीव केही जीवित रहन सक्दैन । तसर्थ, बाँच्न र स्वस्थ रहन खाना खानु अनिवार्य छ ।

धेरै मानिसहरूको सोचाइमा जडिबुटी औषधिको रुपमा मात्र प्रयोग हुन्छ भन्ने छ तर पकवानमा पनि जडिबुटीको ठूलो महत्व छ । विशेषगरी हाम्रो मुलकमा खानामा जडिबुटी मिसाउन थालिएको सदियौं भइसकेको छ । बुझी-नबुझी खानामा जडिबुटी प्रयोग गरेको पाइन्छ ।

नेपालीको सवैभन्दा राम्रो बानी बसेर खाने हो तर यो बानी समयले थोरै परिवर्तन गरेतापनि सुधार हुने कुरामा विश्वास गर्न सकिन्छ । जडिबुटी हाम्रो आवश्यकता हो भने यसको प्रयोग एउटा आवश्यक थियो जुन हाम्रो भान्सामा प्रयोग हुँदै आउनु राम्रो हो ।

ती मरमसलामा स्वाद मात्र होइन, औषधिय गुण पनि हुन्छ । तर, प्रयोग गर्न भने जान्नुपर्छ । कति रोगमा यिनीहरुको प्रभावकारिताबारे शास्त्रीय एवं वैज्ञानिक रुपमा प्रमाणित भएको छ । आयुर्वेद चिकित्साका ग्रन्थहरुमा पनि यी जडिबुटीहरुको बारेमा स्पष्ट व्याख्या गरिएको छ ।

आयुर्वेद चिकित्सामा केही औषधिहरुमा यिनीहरुको केही सम्मिश्रण हुन्छ र साथै अन्य औषधिहरुसँग मिलाएर खानाले राम्रो काम गर्न सक्ने भएकोले बिरामीलाई सँगै मिलाएर प्रयोग गर्न सल्लाह दिइन्छ । तसर्थ यी जडिबुटीको प्रभावकारिता एवं यिनीहरुको प्रयोगसम्बन्धी जानकारी दिने प्रयत्न यो लेखमा गरिएको छ ।

आउनुहोस् माथि लेखेका केहि जडिबुटीबारे जान्नैपर्ने केही केही फाइदाहरू

१. बेसार

यसमा पाइने रासायनिक तत्व करक्यूमिन एन्टिअक्सिडेन्ट, एन्टीइन्फलामेशन (सुजन हुनबाट रोक्न) को लागि प्रभावकारी मानिएको छ । बेसारले शरीरको कोषको आकारलाई बढ्न नदिने र उक्त कोषहरु अर्को अङ्गमा फैलिने नदिने क्यान्सरविरुद्ध प्रभावकारी काम गर्दछ । आयुर्वेद चिकित्सामा छालाको रोगहरुमा बाहृय एवं आन्तरिक प्रयोगको लागि ज्यादै प्रभावकारी मानिएको छ ।

२. धनियाँ

हरियो धनियाँ स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । स्वाद बढाउनुका साथै धेरै पोषक तत्वले भरिपूर्ण हरियो धनियाँले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या हटाउन मद्दत गर्दछ । धनियाँमा प्रोटिन तथा भिटामिन ‘ए’, ‘सी’, र ‘के’, पाइन्छ । यति मात्र होइन, यसमा क्याल्सियम, पोटेसियम, फस्फोरस, नियासिन, थियामिन, कैरोटिन समेत पाइन्छ ।

३. जीरा

जीरा उमालेर बनेको पानी पिउँदा यसले शरीरमा डिटाक्सको काम गर्छ । यसको सेवनले शरीरमा रहेका विकार तत्व, कण फोहोर तथा ब्याक्टेरियालाई सफा गर्छ ।

४. पुदिना

पेट ढुम्म ढाडिएको बेला, झाडापखला लागेको छ भने पानीमा पुदिनाको पात उमालेर २ चम्चाका दरले दैनिक २/३ पटक खाएमा झाडापखाला लगायत पेटको रोग निको हुन्छ ।

५. मेथी

मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रण हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !