१८ बैशाख २०८१, मंगलबार

शारीरिक क्षमता र कमजोरी हटाउन हरेक पुरुषले खानुपर्ने सुपर फूड्स


सुपर फूड्स

काठमाडौँ । पुरूषको स्वास्थ्य ठिक राख्न हेल्दी फूड्स (Healthy Foods) को आवश्यक हुन्छ। हामीले आफ्नो स्वास्थ्य ठिक राख्न खानपानको पनि ठूलो हात छ । हाम्रो दैनिक जीवनमा पौष्टिक खानाको अभावमा शरीर कमजोर हुन गई विविध समस्या निम्त्याउँछ ।

१. पालक

हरेक पुरुषले आफ्नो स्वास्थ्य ठिक होस् भन्नका लागि हरियो सागसब्जीमा विशेष ध्यान दिनुपर्छ । पालक खाना पुरूषको लागि धेरै नै फाइदा गर्दछ । पालक खाने गर्नाले ब्लड फ्लो सहि गराउन र हार्टलाई हेल्दी राख्न मद्धत गर्दछ ।

२. बदाम

हरेक पुरुष बर्गले हाडे बदाम खाने बानी बसाल्नुपर्छ। बदाममा प्रशस्त मात्रमा मैग्नेशियम पाइने हुनाले पुरूषको शरीरमा यसको कमिलालाई बदामले आपूर्ति गरिदिन्छ ।

३. दही

दहिमा प्रशस्त मात्रमा क्यालसियम पाइने हुनाले हड्डीलाई बलियो बनाउन दहिको भूमिका ठूलो छ । पुरुषमा आस्टियोपोरोसिसको खतरा महिलाको तुलनामा बढी हुने हुँदा हरेक पुरुषले दहि खानु राम्रो मानिन्छ ।

४. ओट्स

पुरुष वर्गले आफ्नो डाइटमा ओट्स समाबेश गरेको हुनुपर्दछ । ओट्स खाने गर्नाले शरीरमा आवश्यक प्रोटिन पुरा गर्न मद्दत मिल्दछ । पुरूषको शारीरिक कमजोरी हटाउन समेत यसले राम्रो भूमिका खेलेको पाइन्छ ।

५. टमाटर

पुरुषले यस्तो चिज खानुपर्छ जसमा लाइकोपीन ज्यादा मात्रा पाइएको होस्। लाइकोपीन जसको साहेताले पुरुषको प्रोस्टेट क्यान्सर हुनबाट यसले बचाउने छ ।ढल्कदो उमेरमा पुरूषलाई प्रोस्टेट क्यान्सरको खतरा बढ्दै जाने हुन्छ । हाम्रो खानामा टमाटर अनिवार्य समावेस भएको हुनुपर्छ ।

६. आलु

आजकल लो-कार्ब डाइटको कारण आलु खाने चलन घट्दो छ। यसले गर्दा पुरूषको शरीरमा एनर्जी चाँडो खतम हुने गरेको हुन्छ । आलुमा ज्यादा पोटासियम हुन्छ । यसमा भिटामिन सी र फाइबर पनि हुने हुनाले शरिरलाई राम्रो फाइदा गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !