१८ बैशाख २०८१, मंगलबार

सुगरको रोग लाग्दा के-के खानेकुराहरु नखाने ?


सुगरको रोग लाग्दा के-के खानेकुराहरु नखाने ?

हाम्रो शरीरमा रोग लाग्नुको अर्को प्रमुख कारण खानपानमा लापरबाही पनि एक रहेछ । हामीले रोगको उपचार गर्दा के खाने के नखाने बुझ्न जरुरी छ । यदि यसरी हामीले जानकारी प्राप्त गरेर उपचार गर्छौं भने ९९% रोग आफै पनि निको हुन सक्छ ।

तसर्थ मधुमेहका प्रत्येक बिरामीेले आफुले खान नहुने खानाको विषयमा आवश्यक जानकारी रही सोहीअनुरुप खानामा नियन्त्रण गर्नुपर्दछ । यदि यसो गरिएन भने सुगर बढ्ने निश्चित छ । सुगरको औषधि मात्र समाधान होइन खानपान पनि दोषी छ ।

चामललाई प्रशोधित गरी लामो समयसम्म उपभोगयोग्य बनाउनका लागि भुस र किटाणुरहित बनाइएका हुन्छन् । यो चामलमा कार्वोहाइडेट तथा ल्ग्याईसेमिक सुचांकको उच्च मात्रा समावेश भएको हुन्छ ।

जसले चिनीको मात्रालाई अझ बढावा दिने काम गर्छ । आजकाल भान्सामा यस्ता चामल बढी समावेस गरेको हुन्छ । तसर्थ मधुमेहका बिरामीले आफ्नो खानामा सेतो चामल खानु हुदैन यो बानी सुधार गर्न आवश्यक छ ।

स्वस्थ डाइट अर्थात्, आहारले रगतमा चिनीको मात्रालाई बढ्न नदिई सुगरलाई नियन्त्रण गर्दै शरीरको प्रतिरोध क्षमतालाई समेत चुस्त राख्न मद्दत गर्दछ । जसकारण व्यक्ति आफुले खान हुने वा नहुने खानाको सम्बन्धमा जानकार रहनु पर्छ ।

कृत्रिम गुलियो पेय पदार्थ मधुमेहका बिरामीले खानै नहुने हानिकारक खानामध्ये एक हो । यस्ता पेय पदार्थमा चिनीको मात्रा अत्यधिक रहने भएकाले मधुमेह बिरामीका लागि यसको सेवन उचित मानिदैन ।

सुगरको रोग लाग्दा के नखाने ?

१. पाउरोटी

सुगरका बिरामीले पाउरोटी पनि खानुहुँदैन यसमा पनि चिनीको मात्रा हुन्छ ।

२. फ्याट ननिकालेको महि

यसले पनि सुगरको रोगीले फ्याट निकालेर खाने बानी गर्नुपर्छ । शरीरमा फ्याटको मात्रा बढ्नाले पनि शरीर मोटो हुन जान्छ । यस्ता विषयमा विशेष ध्यान दिन जरुरी छ ।

३. मह

विकासी मह जसलाई हामी घरपालुवा मह भन्ने गर्छौ । यस्ता महमा चिनि मिश्रण भएको हुन सक्छ तर लोकल महमा भने चिनी दिइएको हुँदैन । यस्ता खालको मह कम क्वान्टिटीमा खान हुन्छ ।

४. दूध

अन्य दुधको तुलनामा ‘घरमा दुहेको’ मा फ्याट तथा क्यालोरीको मात्रा अधिक रहन्छ । यस प्रकारको दुध सेवनले व्यक्तिको तौल बढाउँदै व्यक्तिलार्ई मोटोपनतर्फ डोर्‍याउन मद्दत गर्छ ।

५. मकै

मकै एक फाइबर, भिटामिन एवम् मिनरल्सयुक्त खाद्य हो । स्टार्चको मात्रा अधिक रहने भएकोले मकैले रगतमा चिनीको मात्रालाई प्रोत्साहन गर्छ । जसकारण पनि मधुमेह बिरामी मकै सेवनबाट टाढै रहनुपर्छ । यो जस्ता थुप्रै खानाहरु छन् हामीले यस्ता खाना देखि परहेजमा रहनु पर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !