१८ बैशाख २०८१, मंगलबार

तीन वटा सेतो चिज त्याग्नुस्, विविध रोगबाट बच्नुस्


चिनी र नुन

काठमाडौँ । आज हरेक घरमा मान्छे रोगको दलदलमा फस्दै गएको हामी देख्न सक्छौं । यसको पछाडिको राज खानपानलाई लिन सकिन्छ । स्वस्थ हुन क्यामिकल नमिलाईएका पदार्थ हुनुपर्छ तर सवै क्यामिकलको माध्यमबाट बनाइएका हुनाले विविध समस्या हाम्रो शरिरमा देखिन्छ ।

आजकाल क्यान्सर, ब्लडप्रेसर, सुगर जस्ता दिर्घकालिन रोग प्राय हरेक घरमा देखिन्छ । यसको जड तीन सेता पदार्थ हुन भन्ने कुरा बुझ्न जरुरी छ । स्वस्थ रहन गौको आटो युज गर्दा मैदाले भन्दा कम नोक्सान गर्ने देखिन्छ किनकी मैदामा भन्दा कम कार्बोहाइड्रेट् गौको आटोमा हुन्छ । यस्ता वस्तुबाट बनाएका मिठाइले स्वास्थ्यलाई नोक्सान नगर्ने कुरै हुँदैन ।

यी हुन मानिसले त्याग्नुपर्ने तीन सेतो चीजहरु

१. मानिस विविध रोगबाट बच्नुछ भने मैदाबाट बनेका परिकार खान बन्द गर्नुहाेस् । यसमा कार्बोहाइड्रेट बढी हुने गर्दछ भने यसले कब्जियत र मोटोपन बढाउने हुन्छ ।

२. चिनी बनाउदा क्यामिकल आदि मिश्रण गरेर चिनी बनाइन्छ जसको अत्यधिक प्रयोगले सुगरको रोग र मोटोपन बढाउन सघाउँदछ ।

३. सेतो नुन बनाउँदा क्यामिकल मिलाएर बनाएको हुन्छ यसले पनि मुटुको रोग ब्लडप्रेसर जस्ता रोग निम्त्याउँछ । सिधेनुन र कालोनुनमा क्यामिकल नहुने हुनाले शरीरलाई नोक्सान गर्दैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !