१८ बैशाख २०८१, मंगलबार

काजूको नियमित सेवनले हुनसक्छ यस्ता फाइदाहरु


काजू

काठमाडौँ । हामीले मन पराउने मसलामा सवैभन्दा पौष्टिक काजूलाई मानेका छौं । यो ड्राई फ्रूटको राजा हो । यो खानाले स्वास्थ्यमा राम्रो फाइदा गर्दछ । काजूको उपयोग प्राय: मिठाई र तरकारीलाई स्वादिष्ट बनाउन प्रयोग हुने गरेको छ । काजू मिसाएको बर्फी सबैले मन पराउने भएकाले काजूको महत्व अझ बढेको देखिन्छ ।

आउनुहोस् आज काजु खाँदा हुने ७ वटा फाइदाको बारेमा जानौ

१. काजूको नियमित सेवन गराउनाले शरीरलाई बलियो बनाउने काम गर्दछ । स्वास्थ्यमा राम्रो फाइदा हुने भएपनि यस्लाई धेरै भने खानु हुँदैन । हुनत केहि बढी खायर खासै नोक्सान भने गर्दैन ।

२. काजूमा प्रशस्त प्रोटिन पाइने भएकाले छाला र कपाल राम्रो हुन्छ । फेस नरम हुनुको साथै कपाल बढाउन राम्रो भुमिका खेलेको पाइन्छ ।

३. काजूको सेवन गर्नाले कोलेस्ट्रोल नर्मल राख्दछ । काजूमा प्रोटिन अधिक हुनाले चाडैं पच्दछ । नियमित काजू सेवन गर्नाले ब्लड बढाउने काम गर्दछ ।

४. काजू खानेहरूको छाला नरम हुनुको साथै चमक देखिन्छ । चाडैं बुढो नहोस् भन्ने चाहना हुनेले काजूको सेवन गर्नुपर्छ ।

५. भुल्ने बानी हुनेहरूका लागी काजू राम्रो खुराक हो । काजूमा भिटामिन बी प्रसस्त हुने भएकाले र काजू खाइसके पछि मह सेवन गर्नाले यूरिक एसिड बन्न बाट रोक्दछ । यूरिक यसिड र ब्लड प्रेशर पनि कन्ट्रोल हुने भएकाले काजू सेवन गर्ने बानी बसालौं ।

६. काजूमा प्रोटिनको राम्रो स्रोत भएकाले हड्डी बलियो बनाउन राम्रो भूमिका खेल्दछ । काजूमा मोनो सैचुरेटेड फ्याट पाइने भएकाले मूटुलाई सुरक्षित राख्ने काम गर्दछ ।

७. काजूमा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले पाचनक्रिया राम्रो बनाउनुको साथै दुब्लो भए मोटाउन थाल्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !