१९ बैशाख २०८१, बुधबार

खानपानले मानिसको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असर


खानपान

नेपाल जस्तो अल्पविकसित राष्ट्रले आफ्नो उत्पादनतर्फ ध्यान दिन नसक्दा स्वास्थ्यमा समस्या देखिन थालेको छ । उदाहरणको लागि तरकारी धान चामल आदि खाद्यबस्तुलाई लिन सकिन्छ ।

जग्गा छ तर उत्पादन छैन या उत्पादन गर्ने मान्छेको अभाव छ । हामी प्याकेजिङ्ग गरेका अस्वस्थ्यकर बस्तु आहार खान बाध्य पारिएका छौं । अस्वास्थ्यकर आहार भनेको प्रशोधित, अप्राकृतिक उत्पादनहरूबाट बनेको हो ।

बालबालिकाको हकमा अस्वस्थ आहारको जोखिम धेरै छ । तिनीहरूको शारीरिक र मानसिक विकास तिनीहरूले उपभोग गर्ने पोषक तत्वहरूमा निर्भर गर्दछ र यदि तिनीहरूको आहार विविध, सन्तुलित र स्वस्थ छैन भने तिनीहरूको विकासमा ठूलो असर देखिन सक्छ ।

सरकाले यस्ता विषयमा चाख लिएको पाइदैन । यदि चाख लिएको भए उत्पादनतर्फ नागरिकलाई जोड दिनुपर्ने हुन्छ । जग्गा मात्र समाधान होइनन् त्यसका लागि नहरको पनि व्यवस्था मिलाइएको हुनुपर्छ ।

पहिले खाना पकाउदा प्राय: फलामको भाँडा बर्तनमा खानेकुरा पकाएर खाने गर्दथ्यो यस्ता भाडामा खाना खाँदा स्वास्थ्यमा कुनै हानी गर्दैन थियो तर आजकाल यसो गरेको पाइदैन । यसमा खाना पकाउँदा खानेकुरामा आइरनको मात्रा स्वत: बढ्ने हुनाले आइरन चक्की खानु पर्दैनथ्यो ।

यसरी समयले कोल्टो फेर्न थाल्यो अहिले फलामको ठाउमा इलेक्ट्रोनिक भाडाहरू आउन थाले यस्ता भाडामा पकाएको खाना नै अधिकांश घरमा पाक्न थालेपछि रोग नलाग्ने कुरै भएन ।

हाम्रो जीवनशैली हामीले जतिसुकै स्वस्थ रहन प्रयास गरेपनि, स्वास्थ्यमा नकारात्मक असर पार्ने बानीहरूले भरिएको हुनाले हामी रोगको दलदलमा फस्दै छौं । धेरैजसो मानिसहरूले प्रशोधित खानाहरू खान्छन् यस्ता खाना खाने बानीमा सुधार हुन आवश्यक भइसकेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर र नेपालपत्रका सल्लाहकार तथा स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !