६ जेष्ठ २०८१, आइतबार

नेशनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद


सुनिल पौडेल

काठमाडौँ । विशेष अदालतले सुनील पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले ९ वर्ष कैद हुने सजाय गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज मंगलबार पौडेललाई ९ वर्ष कैद सजायको फैसला गर्दै पौडेलबाट २३ करोड २७ लाख ५८ हजार रकम जरिवाना असुल्नुपर्ने फैसला सुनाएको हो ।

गत वैशाख ७ गते विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणालीको अनियमिततामा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक पौडेललाई दोषी ठहर गरेको थियो । भ्रष्टाचार मुद्दा लाग्दा पौडेल नेपाल टेलिकमका प्रबन्ध निर्देशक थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !