११ श्रावण २०८१, शुक्रबार

सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गर्दै


सभामुख घिमिरे र प्रमुख सचेतकबीच छलफल फाइल फोटो

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् । आज आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक सुचारु गर्नेबारे सभामुखले प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार आज बिहान साढे १० बजे सभामुख घिमिरेले संसद् बैठक चलाउनेबारे राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि हिजो सहमत भएका थिए ।

आइतबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । यसअघि सहमतिको प्रयासका लागि सभामुख घिमिरेले प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !