५ जेष्ठ २०८१, शनिबार

बागलुङकी कोरोना संक्रमित वृद्धा आजै साँझ भइन् अस्पतालवाट डिस्चार्ज


बागलुङकी कोरोना संक्रमित वृद्धा

६ वैशाख, काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धाको अन्तिम रिपोर्ट नेगेटिभ आएसंगै उनलाई आजै साँझ अस्पतालवाट डिस्चार्ज गरिएको छ । पाँचौ परीक्षणमध्ये २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणको नतिजा समेत नेगेटिभ आएपछि उनी निको भएर घर फर्कने भएकी छन् ।

उनलाई भोली आइतबार डिस्चार्ज गर्ने तयारी गरिएतापनि स्वाब परीक्षणको रिर्पोट नेगेटिभ भएको थाहा पाएपछि अस्पताल व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति र चिकित्सकको टोलीको बैठक बसेर आजै शनिबार साँझ घर पठाएको हो ।

बागलुङ नगरपालिका-३ गौंडाकोटकी उनी गत चैत ४ गते नै बेल्जियमबाट कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा कतारको दोहा हुँदै काठमाडौ आएकी थिईन । चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

सोही दिन एउटै विमानबाट आउने नेपाल आउने ३ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये काठमाडौंकी युवती आज शनिबार डिस्चार्ज भएकी छन् । बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छन् ।

उनीलाई अव १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टाइनमा राखेर फलोअप गरिरहनेछ । उनी चैत १९ देखि आइसोलेसनमा थिइन् । दम र उच्च रक्तचापको विरामी भएकाले औषधि खाइरहेकी थिइन् ।

अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौंथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको थियो । उनको स्वाब परीक्षण भइरहेको र रिपोर्ट आइतबार आउने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी चैत १५ देखि आइसोलेसनमा छिन् । दुबैजना बेल्जियमबाट कतार एअरवेयजको जहाजबाट नेपाल आएका थिए ।

यो पनि पढ्नुहोस्

को हुन् नेपालमा कोरोनावाट छैटौं संक्रमित महिला ?

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर

नेपालमा फेरि भेटिए नयाँ कोरोनाको बिरामी, संक्रमितको संख्या पुग्यो ६

नेपालमा कोरोना संक्रमित २ जना निको भएर फर्किसके घर, २८ जना उपचाररत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !