१८ बैशाख २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु


कोरोना मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको उपचारको क्रममा निधन भएको हो ।

यसैगरी आज एक हजार छ सय ३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ६१ पुगेको छ । उपचारपछि आज ६५ जना घर फर्किएका छन् ।

यस्तै काठमाडौँमा उपत्यकामा २९ जना आइसोलेसन, पाँच जना सघन उपचार कक्ष (आइसियु) र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेका छ । शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सिमानाका कारण फैलिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !