६ जेष्ठ २०८१, आइतबार

बागलुङकी १९ वर्षीया अंशु सापकोटाले कोरोना जितेर फर्किन् घर


अंशु सापकोटा

१२ वैशाख, काठमाडौं । आज नेपालको पाँचौं कोरोना संक्रमित बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा उपचारपछि निको भएर अस्पतालवाट डिस्चार्ज भई घर फर्किएकी हुन् । उनी निको भएर फर्किएसंगै नेपालमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ११ पुगेको छ । यसअघि १० जना संक्रमित निको भएर घर फर्किसकेका थिए ।

धौलागिरी अञ्चल अस्पतालमा उपचारत उनलाई आज शुक्रबार राती १० बजे डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिएका छन् । उनको लगातार दुई पटक पाँचौ र छैठौं परीक्षणको नतिजा नेगेटिभ आएसँगै उनलाई अस्पतालले निको घोषित गरेको हो । यसअघि चारवटै परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनमा चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पछि उनीसँगै बेल्जियमबाट आएकी नाताले हजुरआमा पर्ने बागलुङ नगरपालिका-३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेलमा पनि संक्रमण देखिएको थियो। उनी पनि भने यसअघि नै निको भएर घरमा छिन् । पौडेल र सापकोटालाई लिन गएका एक आफन्तको भने स्वाब परीक्षण नेगेटिभ आइसकेको छ ।

उनी गत पुस तेस्रो साता बेल्जियममा आमाबाबु भेट्न गएकी थिइन् । गाउँमा हजुरबुबा, हजुरआमासँगै बस्ने सापकोटा साढे दुई महिनापछि नेपाल फर्केकी थिइन् । गत चैत ४ मा नेपाल आएकी सापकोटालाई घरमा पुगेको एक-दुई दिनमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखियो । चैत १२ गते उनको स्वाब संकलन गरेर काठमाडौं पठाएपछि चैत १५ गते कोरोना भाइरस पोजिटिभ पुष्टि भएको थियो ।

उनी अस्पतालबाट डिस्चार्ज भए पनि २ हप्ता होम क्वारेन्टाइनमै बस्नुपर्ने अस्पतालले जनाएको छ । चैत्र १५ गतेदेखि अस्पतालकाे आसाेलेसनमा उपचाररत उनले काेराेना जित्नुमा आत्मविश्वास, धैर्यता र सन्तुलित खाना भएकाे बताइन् । उनले भनिन्, ‘आत्मबल नै सबैभन्दा ठूलो औषधी रहेछ, हिम्मत नहारे कोरोनालाई जित्न सकिन्छ ।’

सापकोटाले गाउँमा गएर सचेतना फैलाउने बताइन् । ‘गाउँमा गएपछि कोरोना संक्रमणविरुद्ध लड्न नियमित तातोपानी खानुपर्ने कुरा सिकाउँछु,’ सापकोटाले भनिन्, ‘ढुक्क भएर नबस्ने, स्वास्थ्यबारे ख्याल राख्ने गर्छु ।’

यो पनि पढ्नुहोस्

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो ११, आज १ जना निको भएर फर्किए घर

नेपालमा संक्रमितको संख्या ४९ पुग्यो, आज थपिए कोरोनाका १ संक्रमित

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १०, आज ३ जना निको भएर फर्किए घर

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो ७, आज २ जना निको भएर फर्किए घर

नेपालमा कोरोना संक्रमित ४ जना निको भएर फर्किसके घर, २७ जना उपचाररत

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर

बागलुङकी कोरोना संक्रमित वृद्धा आजै साँझ भइन् अस्पतालवाट डिस्चार्ज

कैलालीका संक्रमित युवा निको भएर अस्पतालवाट भए डिस्चार्ज, आज साँझ फर्किए घर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !