५ जेष्ठ २०८१, शनिबार

नेपालमा कोरोना संक्रमित ४ जना निको भएर फर्किसके घर, २७ जना उपचाररत


बागलुङकी कोरोना संक्रमित वृद्धा

७ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित ४ जना निको भएर घर फर्किसकेका छन् भने २७ जना उपचाररत देशका विभिन्न अस्पतालमा उपचाररत छन् । जसअनुसार आज आइतवार साँझ कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका सेती अस्पतालमा उपचाररत २१ वर्षीय युवक निको भएर घर फर्केका हुन् ।

हिजो शनिवार दोस्रो कोरोना संक्रमित काठमाडौँकी १९ वर्षीया युवती आज उपचारपछि निको भएर घर फर्किएकी थिइन् । हिजो मात्र नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धाको पाँचौ परीक्षणमध्ये २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणको नतिजा समेत नेगेटिभ आएपछि उनी निको भएर शनिवार साँझ घर फर्केकी थिइन् ।

यसअघि अनुसार चीनबाट फर्केका ३२ वर्षीय पहिलो कोरोना संक्रमित पुरुष यसअघि नै उपचारपछि निको भएर घर फर्किएका छन् भने हिजो शनिवार २ जना उपचारपछि निको भएर घर फर्किएकी छन् । आज १ जना युवक निको भएर घर फर्किएसंगै निको भएर घर फर्किनेको संख्या ४ पुगेको हो ।

यो पनि पढ्नुहोस्

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर

बागलुङकी कोरोना संक्रमित वृद्धा आजै साँझ भइन् अस्पतालवाट डिस्चार्ज

कैलालीका संक्रमित युवा निको भएर अस्पतालवाट भए डिस्चार्ज, आज साँझ फर्किए घर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !