१८ बैशाख २०८१, मंगलबार

कोरोनाबाट एक जनाको मृत्यु, १११ जनामा संक्रमण पुष्टि


कोरोना मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १०४० जनामा पिसिआर परिक्षण गर्दा ७८ जना र १४७७ जनामा एन्टीजेन परिक्षण गर्दा ३३ जना गरी जम्मा २५१७ नमुनाको परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना जितेर निको भएका छन् । हाल देशभर ३७८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने संस्थागत आइसोलेशनमा १८ जना, आईसीयुमा ६ जना र भेन्टिलेटरमा १ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !