१० पुस २०८१, बुधबार

प्रधानमन्त्रीलाई पत्र – नचुकौ हामी कोही


प्रधानमन्त्रीलाई पत्र - नचुकौ हामी कोही

यो मानवता निभाउने शुभ पल हो !
यसमा चुक्नु महापाप नै त हो !!

चुकेको थिएन देश, यति बेला तिमीले चुकाई दियौ !
उठेको स्वाभिमानी शिरलाई कसरी किन झुकाई दियौ ?

एउटा खल्ती कात्रोभित्र पनि सिलाउन लगाऊ है तिमी !
नैतिकता बिक्री गरेर यसमा धन थुपार्न लाहै अनि !!

जीवाणु कोरोना जीवन्त हैन विषको थैलो हो यो !
मानव मुटुमा पसेर यसले विष घोलने पहिलेपो हो !!

यस्तो कठीन कुरा बुझेर पनि बुझ्दैनौ तिमी भने !
मानवताको प्रश्न उठेको पल पनि चिन्दैनौ यदि भने !!

किन पो टेक्यौ त्यो सत्ताको सिँढी छुरा घोप सरकारलाई ?
नचुकेको यो शुभ पल थियो चुकायौ किन देशलाई ?

पशुपतिनाथलाई बाग्मतीमा यस्तो आगो माग गएर !
त्यो आगोले त्यति खल्ती नडढाओस् भन बिन्ति गरेर !!

मानवताको यो प्रश्न छ अनि जीवन मरणको खेल छ !
यस्तो बेलामा राष्ट्र बदनाम गर्न मन किन मन उद्वेग छ !!

चुकेको थिएन राष्ट्र अहिले कोरोनाको बेलामा !
चुकाई दियौ तिमीले मिली कति जना भै खेल खेलेर !!

ढिलाई केही गरेको थियो तर सही निर्णय थियो !
जगतलाई हेर्दा हाम्रो देश यतिबेला अब्वल नम्बरमा थियो !!

साराको खल्ती रित्याएर पनि धर्म गर्ने शुभ पल हो !
देशका मानव सारा मिलेर दान र धर्म गर्ने बेला हो !!

तर किन बिक्री भयौ के पर्यो यस्तो बाध्यता यसै बेला !
यति नैतिकता थिएन भने किन पुग्यौ तिमी सत्ताको मेला !!

सम्पत्ति थुपार्ने सार्है नराम्रो कुचेष्टाले नै सायद गर्दा !
झुक्कियौ कि त साँच्चै गर्यौ नराम्रो खेल खेल्दा !!

यो बेला पनि मानवताको धर्म बुझेनौ यदि भने !
नपर्खनु कोरोनालाई सुसाइट गर्न अघि तिमी हुन्छ बढे !!

देशका प्राइभेट अस्पताल पनि नैतिकता विहीन नै बने !
देशमा स्थापित किन भयौ आपत्मा काम नलाग्ने भए !!

चुक्ने थिएन यतिबेला यो सरकार राम्रो काम तिमीले गरेको भए !
तर थोरैको नैतिकताले गर्दा सरकार नै बदनाम बन्ने भए !!

सातै प्रदेशका प्रदेश प्रमुख र धनी व्यापारीहरू सबै !
भलाइको मात्र काम गर है नैतिकता नबेच न कबै !!

के काम आपतमा काम नलाग्ने धनको थुप्रो थुपारी !
पशुपतिनाथ आफु बन्द भएर झरेका छन अस्पताल भरी !!

चढाउनु पर्दैन अहिले कतै जल र फलफूल कुनै ईश्वरलाई !
हेर त पुगेर कसरी गरेका छन डाक्टर नर्सले कोरोना बिरामीलाई !!

धर्म कुनै गर्न पर्दैन नैतिकता नछोड कर्म गर्नलाई !
सारा धन मानवतामा चढाऊ धर्मको भागी बन्नलाई !!

जगतले जगतको रक्षार्थ उठ महायुद्धको यो बेला !
मानव बनेर चिनिने यस्तो शुभ पल छाएको शुभ बेला !!

सरकारलाई सल्लाह सुझाव दिनु मानव धर्म हो !
आपतको बेला निराधार आरोप लगाइ बदनाम गर्नु महापाप हो !!

सबै हामी मिलौं असल बनौं मानवीय पनमा बाँचौं !
कर्म गरेर परिवार पालौं अधर्ममा कदापी नलागौँ !!

देशको शिर झुकेको थिएन तिमीले झुकायौ !
धर्म कमाउने यो बेलामा किन पाप पो कमायौ !!

निर्जिव कोरोनाले समेत कति सम्मान दिएको देशलाई !
सजिव मानव तिमीले कसरी विबेक गुमायौ आफुलाई !!

लान मिल्दैन यो धन भन्ने बिवेक पलाउने बेलामा !
सारा निर्दोषहरुलाई पनि दोषी किन बनायौ !!

सेना प्रहरी देशमा सक्रिय बन्नपर्छ मानवताका खातिर !
देशको रक्षार्थ अग्रसर हुन विवेक पुर्याऊ मानवता खातिर !!

डाक्टरहरु ईश्वर बनेको यो यस्तो कष्टको समयमा !
सारा मानवता पोखिएको पलमा पनि किन हो तिमी दुरासयमा !!

औषधी घर हो मानवता भर हो यो बेला बुझौँ हामी !
मानवता भन्दा कुनै ठुलो धर्म छैन यो जगतमा पनि !!

नचुकौँ हामी नचुकोस राष्ट्र यो हाम्रो धर्म हो !
मानवता बाँचोस कोरोना भागोस यही सत्कर्म हो !!

!!शुभा !!

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – सबैले सबैलाई दिऊँ है असल साथ

प्रधानमन्त्रीलाई पत्र – सेवामूलक बनेर बाँचौ

प्रधानमन्त्रीलाई पत्र – सत्तामा जानुको सही अर्थ बुझौँ

प्रधानमन्त्रीलाई पत्र – समय मै सचेत र सजग हौ

प्रधानमन्त्रीलाई पत्र – बनाऔ त्याग र शान्तिले देश

प्रधानमन्त्रीलाई पत्र – सम्मानित होस् मेरो देश

प्रधानमन्त्रीलाई पत्र – खोजौँ मिली कता छ देश

प्रधानमन्त्रीलाई पत्र – देशलाई रक्षा गर्न बढौँ

प्रधानमन्त्रीलाई पत्र – आफैँ तिमी सुरु गर

प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश

प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।  


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !