३ जेष्ठ २०८२, शुक्रबार

औषधि व्यवस्था विभागको औषधिका आम उपभोक्तालाई जानकारी


औषधि व्यवस्था विभाग

औषधि व्यवस्था विभागको औषधिका आम उपभोक्तालाई जानकारी

क. मान्यता प्राप्त स्वास्थ्यकर्मीको पुर्जा अनुसारमात्र औषधिको प्रयोग गर्नुहोस्

ख. औषधिको प्रयोगसम्वन्धी सम्पूर्ण जानकारी लिने जस्तै : औषधि कसरी प्रयोग गर्ने, औषधि घरमा कसरी भण्डारण गर्ने, औषधि सेवन गर्दा खान नहुने खाद्य तथा अन्य औषधि, कुनै मात्रा छुटेमा के गर्ने, औषधिको नकारात्मक असरहरु (Side Effects), तथा औषधि प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु :
१. औषधि बच्चाको पहुँचबाट टाढा राख्नुहोस्,
२. आफू गर्भवती भएमा सोको बारेमा स्वास्थ्यकर्मीलाई जानकारी दिनुहोस्,
३. औषधि प्रयोग गर्दा जीउ चिलाएमा, छालामा डाबरहरु आएमा, श्वास फेर्न गार्हो भएमा वा यस्तै अन्य लक्षण देखा परेमा तुरुन्त औषधि प्रयोग गर्न छाडी स्वास्थ्यकर्मीलाई सम्पर्क राख्नुहोस्,
४. औषधि खरिद गर्ने औषधि पसल व्यवसायीको मान्यता प्रमाणपत्र हेर्ने गर्नुहोस्,
५ औषधि खरिद गर्दा अनिवार्य बिल लिने बानी गर्नुहोस् ।

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
औषधि व्यवस्था विभाग
बिजुलीबजार, काठमाडौँ, नेपाल
सम्पर्क : (९७७) १ ४७९०५७२, ४७९०४३२
फ्याक्स : (९७७) १ ४७९०५७२
इमेल : [email protected]


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !