१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीलाई पत्र – आफैँ तिमी सुरु गर


प्रधानमन्त्रीलाई पत्र - आफैँ तिमी सुरु गर

हिम्मतिला बहादुरी अन्वेषण र आविष्कारको, विज्ञान सम्मत देश बनाऊँ !
संसारसित पनि हाम्रा विकसित पाइलाको पदचाप हामी साथै नै मिलाऊँ !!१

जगतले सहयोग दिंदा पनि हामी मौन चुपचाप होला किन् ?
देश त हाम्रो प्राण पो हो त नि यसलाई बचाउन पनि कन्जुस्याइँ किन ??२

बिलासिताको जीवन त्यागी कर्ममय जीवन बनाऊँ !
गान्धीवादी जीनव बनाएर अनन्त देशको छातीमा बाँचौ !!३

परदेश पो त गएका छन है देशका सारा कर्मठ र वौद्धिक युवा !
यो देशमा फिर्ता बोलाउने बनाउन है सहज, बलियो आधार र मनसुवा !!४

घर खेत बाँझो भएको छ बैङ्कको ऋण बढी राखेको छ !
आमा र बाबा बाटो हेर्छन दिदी बहिनीहरुले सँधै खोज्छन !!५

हिमाल, पहाड, तराई यसै रित्तो भएको युवाहरु कोही नभै !
पराइको मुलुक पो राम्रो बन्यो हाम्रो देश यसरी रित्तो छ बन्दै !!६

जगतको नजरमा परेको हाम्रो प्यारो देश बनाउन !
किन होला ढिलाई भएको यसको मूल कारण हामी खोजौन् !!७

देशका लागि त्याग र बलिदान गर्ने हिम्मतिलो एक कदम !
प्रम ओली तिमी नै चाल सारा नेपाली साथै हिँडौँ !!८

भएको सारा सम्पतिलाई देश बनाउन बलिदान गरेर !
उदाहरण इतिहासमा बनेर कर्म यस भूमिलाई चढाएर !!९

सम्पति साथ जाँदैन भनेर सत्तासिनहरुलाई सिकाऊ !
पदीय गरिमा यसरी बढ्छ भनि सारा जगतलाई देखाऊ !!१०

तिम्रो हातमा डाडु पन्यु छ सबैलाई काम भाग लगाऊ !
देश बनाउन पद चाहिन्न भन्ने कुरा सार्थक बनाऊ !!११

जगतले बुझिसक्यो अव तिम्रो देशको महिमा गरिमा !
अव हामी पनि त बुझौँन् यसको अपूर्व यस्तो अणिमा !!१२

दिएको मित्रको साथ र सहयोग सही ठाउँमा सदुपयोग गरेर !
इतिहासमा दर्ता हौँ यो देश बनाउने असल पुस्ता बनेर !!१३

सुवा

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश

प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !