८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश


प्रधानमन्त्रीलाई पत्र - नमिली हामी बन्दैन हाम्रो देश

सुनको विहानी यहाँ कहिले उदाउला भनि पर्खेर बसेकी छु म !
देशमा समृद्धि कहिले आउला भनेर सोची रहेकी छु हरपल छु म !!१

विकासका गति कहिले चुलिएलान यो पनि पर्खि बसेकी छु म !
जीवनमा समृद्धि कहिले आउला यो पनि हेरिरहेकी छु म !!२

यो देश मेरो हिराको हार अनि सुनको गहना जस्तो पो हो !
नेपाललाई नै नचिनी बस्ने हामी नेपाली कसरी पो हो !!३

यसैले गाई झैँ पवित्र देशलाई आमा झैँ मायाँ र सम्मान गरौँ !
सम्पदालाई चिनेर लिऊँ देशलाई कहिले पिडा नदिऊँ !!४

देशको माटो हामी छातीमा बोकी मिलौन तीनै कोटी जनता पनि !
रहे त यो देश रहन्छौ नि हामी हाँसी खुशी सारा देशबासी !!५

पहिलो चाहना सारा नेपाली मनको असल शिक्षा पाउने हो !
दोस्रो चाहना सारा नेपाली रमाई देशमा बस्ने नै पो हो !!६

तेस्रो चाहना सुलभ होस खाना अनि पानी र बाटो राम्रो होस् !
यातायात संचारमा पहुँच होस् सबैको छोरीको देशमा सुरक्षा होस् !!७

जनतालाई सहज हुने शिक्षा र स्वास्थ्य बाटो घाटो !
रोजगारी सहज दिएर बनाऊ देशको हरेक सुन्दर पाटो !!८

बेरोजगार नहुन यो देशका मानिस पहुँच होस सहज राज्यमा !
जनता र नेतामा फरक ठुलो नहोस राज्यको सुख, अनि सुविधामा !!९

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !