१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्रीलाई पत्र – समय मै सचेत र सजग हौ


प्रधानमन्त्रीलाई पत्र - समय मै सचेत र सजग हौ

शब्दै नलेखी कसरी पो काब्य बन्ला !
कर्मै नगरी कन कसरी देश यो बन्ला
छन्द बिना बरु राम्रो, मिठो गद्य बन्ला !
पौरखै नगरे त कता भूमि राम्रो बन्ला १

नमिलाई हरफ लेखे गद्यको भाव हुन्छ
देश नसोची बसे त भताभुङ्ख बन्छ !!
झै झगडा गरे त पार्टी छिन्न-भिन्न हुन्छ
मनहरु नमिलेसम्म कता यो देश बन्छ २

सत्कर्म नगरे कसरी बन्ला असल जीवन
यसैले असल कर्मले सजाऊॅ तन र मन
सकारात्मक बनौ हरपल विरोध नगरौॅ
सत्तामा भएका त्रुटी सच्याउन लगाऊॅ !३

देश जननी जस्ती हुन सपुत सारे बनौ
यसैले हामी मिलेर देश पावन् बनाऊॅ
द्वन्द र कुविचारले त दशा मात्र लाग्छ
यो अखण्ड राज्य हाम्रो सखाप हुन्छ !४

भाषण अनि लेखले त कता देश बन्ला
गीत मात्र गाएर त कसरी राज्य बन्ला
देशका कुना, कन्दराको कथा र ब्यथा
नबुझी बस्दा देशै कसको राज्य होला ५

दरिद्र छन हाम्रा यदि मानसिकता भने
त्यागौॅ सबै देशको बिकासलाई भनेर
नेपालीले नेपालीलाई हतोत्साहित गरी
ठुला मानिस आफु मात्र बन्न अघि सरेर ६

असल छिमेकी हामीलाई नै चाहिन्छन्
यसैले त देशलाई नि सहयोग चाहिन्छ
सारा दोष सरकारलाई दिएर नै नबसौॅ
हाम्रा पनि कर्तब्य के के छन सबै बुझौॅ ७

पानी, खानी पर्यटन यो देशका धन हुन्
शिक्षित युवा कर्मशिल बनाएर लाऊॅ
हाम्रो पनि दायित्व र कर्तब्यहरु के हुन्
आफ्ना लागि काम गरी असल नागरिक हौॅ ८

आज देश बनाउने पल छ सहयोग गरौ
नकारात्मक र बिरोधिमात्र हामी नबनौ
राम्रा कामको प्रशंशा हामीले नै गर्ने हो
कुन काम मुख्य हो त्यो पहिला गर्नेहो ९

पाहाड धन र सम्पति दिन तयार छन्
देशको माटो सुन चाॅदी हिरा फलाउछन
नदी जलमा उर्जाको शक्ति बगाउॅछिन्
कलकल गर्दै हरियाली बस्ती बसाउॅछिन १०

यस्तो सुन्दर देशको महत्व बुझौॅ हामी
बेलैमा सचेत बनौ मिलौ सारा नेपाली
सत्ताको गरिमा जोगाऊॅ लोभ त्यागी
पछि रुने हैन रोजौ हाॅस्ने बाटो साथी ११

समयको सीमा हुन्न ऊ रोकिन जान्दैन्
हाम्रा लागि समय कहिले नि पर्खदैन् !
देश बनाऊ विकास गराऊॅ कर्म पोखी
मित्रताको भाव रोपौ रिस, राग फालौॅ १२

असल कामहरुका वर्णन गरौॅ है सॅधै
नराम्राको दिऊॅ हामी जानकारी अझै
असल मानिसका सत्कर्महरू पुजौॅ
सच्चिन समय दिऊॅ सबै नेपालीलाई १३

शुभा

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – बनाऔ त्याग र शान्तिले देश

प्रधानमन्त्रीलाई पत्र – सम्मानित होस् मेरो देश

प्रधानमन्त्रीलाई पत्र – खोजौँ मिली कता छ देश

प्रधानमन्त्रीलाई पत्र – देशलाई रक्षा गर्न बढौँ

प्रधानमन्त्रीलाई पत्र – आफैँ तिमी सुरु गर

प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश

प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !