६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्रीलाई पत्र – सम्मानित होस् मेरो देश


प्रधानमन्त्रीलाई पत्र - सम्मानित होस् मेरो देश

म मान अनि सम्मानको भोको त कहिल्यै नबनौ !
मेरा शब्द रोपियुन यस देशमा यसैको भोकी सँधै बनौ !!

मेरो मात्र सम्मान बढोस् यस्तो स्वार्थी कहिले नचाहुँ !
बरु देशलाई त्याग र सम्मान गर्न हरपल म चाहुँ !!

म स्वार्थी आफ्ना लागि मात्र कहिल्यै नबनौ !
बरु देशमा पिडा भोग्नेहरुका लागि केही गरौँ !!

म शब्दले पूजा यो धरालाई हरपल गरौँ !
यसैको समृद्दिका खातिर मेरा कर्म सजाऔँ !!

म महलमा सुख देखेर मात्र कहिल्यै नरमाऊँ !
गरीवको झुपडीमा उज्यालो दीप पो बालौँ !!

म शब्द रमाएर मेरो देशलाई अविरल पोखौँ !
उन्नति होस् नेपालको कामना हरपल मनले गरौँ !!

म सम्मान आफ्नो मात्र खोजेर गमक्क यसै नपरौ !
बरु देशको सम्मानमा मेरो यो शिर नै चढाऊँ !!

फूल, माला र खाँदा सम्मान मलाई किन हो सुहाउँदैन् !
देशको इज्जत बढे सम्मानित म नहुने हुँदै हैन !!

म सम्मान पनि हन थापौँ बरु मेरो देशले सम्मान थापोस् !
म खादा न ओढौँ बरु मेरो देशले विकास ओढोस् !!

फूलको माला ओढोस् देशले मलाई रहर छैन् !
देशले समृद्धि ओढोस् यो भन्दा केही चाहिदैन !!

अहोरात्र खटाई र कर्म गर्ने जाँगर चलोस् !
महलको सुख भिर पाखा र भारी बोक्नेलाई पुगोस् !!

भोका नाङ्गा कोही नहुन देशका हर भू-भागसम्म !
उपचार नपाइ कोही नमरुन मेरो देशको सिमासम्म !!

गरिखाने उद्योग धन्दाहरु अनगिन्ति खुल्न पर्छ !
यूवालाई काम दिएर सुविधा सम्मान दिनै पर्छ !!

सुवा

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – खोजौँ मिली कता छ देश

प्रधानमन्त्रीलाई पत्र – देशलाई रक्षा गर्न बढौँ

प्रधानमन्त्रीलाई पत्र – आफैँ तिमी सुरु गर

प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश

प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !