प्यारो यस देशको शुभ ताज म फेरौँ !
विकास र समृद्धिले धरा यो सजाऔँ !!
हिमाली आकार यो जगत भर देखिने !
पाहाड, मधेसमा सहज पथ नि खोलौँ !!१
म हिम्मत बढाऔ है सारा युवाहरुमा !
अधिकार दिलाऊँ देशका सेनाहरुमा !!
अव देशमा कोही पार्टीमा नबाँधियौँ !
यो देश नै जोगाएर जतन यसको गरौँ !!२
सिमा जति जोगाऊँ शुभ कर्म पोख्दै !
नेपालीको स्वाभिमानलाई जोगाउँदै !!
कसैको नि नलिऊँ सित्तैमा कुनै भूमि !
आफ्नो सुरक्षा गरौँ जोगाऊँ हाम्रो भूमि !!३
लोभ,लालच हर मनको त्यागेर लागौँ !
माटोमा हिरा अनि मोतीको बोट लाऊँ !!
नेपालीमनका सद्दभाव असल बिछ्याई !
देशको माटोलाई त्याग ठुलो बिछ्याऊँ !!४
कर्म असल गरेर पसिना थुप्रै बगाउँदै !
यहिँ जन्मियौँ हामी यही देशमा नै मरौ !!
घुम्न र ज्ञान बाँढ्न जतासुकै पुगेपनि !
शान्ति र सुखले यही देशमा रम्दै बसौँ !!५
फराकिला हुन सबै नै बाटा र घाटाहरु !
सहज काम पाउन लाटा अनि बाठाहरु !!
भेदभाव बिनाको जीवन बाँच्न नि पाउँन् !
यसै देशमा पौरख अनि पसिना बगाउन् !!६
यी हिमाली झर्नाहरु कलकल बगे सरी !
देश समृद्दि र विकासका पथमा बढुन् !!
हरेक नेपालीले सहज पढ्न लेख्न पाई !
काम गर्न कोही पराई मुलुक नजाउन् !!७
यो देशलाई कसैको पेवा कोही नठानौ !
आमाको काख त सबैको हो भन्ने बुझौँ !!
बरु सन्ततिको ज्ञान अनि बिवेक पोखेर !
यो देशलाई विश्वको सुन्दर भूमि पारौँ !!८
न त भेद भाव होस कुनै पनि नेपालीमा !
नत सत्ता बिकोस कहिल्यै राजनीतिमा !!
भ्रष्टाचारलाई जीवनको कलङ्क बुझौँ !
सारा नेपालीको भाग्य उज्यालो पारौँ !!९
मरेर लान नपाइने सम्पतिको थुप्रो पारी !
सन्तानलाई अयोग्य बनाउने कुलत छाडौँ !!
बरु नैतिक चरित्रवान असल योग्यबनाई !
यो देशको योग्य र सफल सपुत बनाऊँ !!१०
संसदबाट यसदेशका कुना काप्चा पुगौँ !
अनन्तकाल सम्मानित हुने जीवन बिताऊँ !!
को हो र आफ्नो को होला र यहाँ पराई !
शिक्षाको दीप हरेक मुहारमा यसै बाँढौँ !!११
युवामा शक्तिको हौसला प्रदान गरौँ !
देशको सिमाना जति सुदृढ सवल पारौ !!
यी हिमालदेखि पाहाड तराईका सारा !
भूमिलाई उर्वर भूमिमा मिली सिङ्गारौँ १२!!
न त कसैलाई दिने न कसैको लिने !
यो चिज यस्तो मैले मनले माने !!
तीनकोटी नेपालीको मुटु नै हो यो त !
सिमा हो हाम्रो गर सुटुक्क तिमी फिर्ता !!१४
पुर्खाको वीरताको निसानी यो भूमि !
सन्तानले सास फेर्ने मेरै हो यो भूमि !!
म कसैको लिन्न र भूमि लिन म दिन्न !
अधिकार नै छैन कसैलाई मेरो माटो छुने !!१६
सुवा
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्रीलाई पत्र – देशलाई रक्षा गर्न बढौँ
प्रधानमन्त्रीलाई पत्र – आफैँ तिमी सुरु गर
प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश
प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्
प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु
प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई
प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक
प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?
प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ
प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग
प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव
प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली
प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश
प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि