१४ बैशाख २०८१, शुक्रबार

Tag: स्थानीय निर्वाचन

स्थानीय तहको निर्वाचनका लागि आयोगलाई ८ अर्बको सुनिश्चितता

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र पठाएको जानकारी दिए ।