१३ बैशाख २०८१, बिहिबार

स्थानीय निर्वाचन घाेषणाविरुद्धकाे रिटमा सर्वाेच्च आज सुनुवाइ हुँदै


सर्वोच्च अदालत

काठमाडौँ । सर्वाेच्च अदालतमा स्थानीय तहको निर्वाचनकाे घाेषणाविरुद्ध दर्ता भएको रिटमा आज मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ ।

महोत्तरीको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले वैशाखमै स्थानीय तहको निर्वाचन हुँदा आफूहरुको संविधानमा तोकिएको ५ वर्ष अवधि पूरा नहुँदै कार्यकाल सकिने भन्दै एकै चरणमा निर्वाचन नगर्न माग गर्दै रिट दायर गरेका थिए ।

सरकारले वैशाख ३० गते एकसाथ ७५३ वटै स्थानीय तहकाे चुनाव घाेषणा गरेपनि २०७४ मा दाेस्राे र तेस्राे चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिकाे कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै रिट दायर भएकाे थियाे ।

मधेस प्रदेशका स्थानीय तहमा २०७४ असोज २ मा निर्वाचन भएको थियो । त्यसको ५ वर्ष नपुग्दै सरकारले आगामी बैशाख ३० मा निर्वाचन गराउने घोषणा गरेपछि साहले त्यसविरुद्ध निवेदन दिएका थिए ।

महोत्तरीको भँगाहा नगपालिका मेयर साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ । सर्वोच्च अदालत प्रशासनले सुरुमा उनकाे रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि तर इजलासको आदेशबाट रिट दर्ता भएको हाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !