२१ बैशाख २०८१, शुक्रबार

स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मक हो : अध्यक्ष सोनल


जितेन्द्र सोनल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष जितेन्द्र सोनलले सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेकोलाई सकारात्मक रुपमा लिएको जनाएका छन् ।

अध्यक्ष सोनलले बुधबार विज्ञप्ति जारी गर्दै आवधिक निर्वाचनबाट मात्रै संसदीय प्रणाली, बहुदलीय व्यवस्था, लोकतान्त्रिक मुल्य मान्यता एवं विधिको शासनलाई सुदृढ एवं संस्थागत गर्ने हुँदा सकारात्मक रुपमा लिएको जनाएको छ ।

विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २ असोज ०७४ लाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधिको अधिकारबाट वन्चित नगर्न पनि जोड दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !