४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त


प्रा. डा. हेमराज पन्त

काठमाडौँ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्रा. डा. हेमराज पन्त नियुक्त भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्राडा पन्तलाई उपकुलपति पदमा नियुक्त गरेका हुन् ।

सिफारिस समितिले प्राडा पन्तसहित तीन जनाको नाम प्रधानमन्त्री एवम् कुलपतिसमक्ष पेश गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !