२४ बैशाख २०८१, सोमबार

स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नु नहुने शशांकको जोड


डा. शशांक कोइराला फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं नेता डा. शशांक कोइरालाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । आज बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकमा आफ्ना धारणा राख्दै कोइरालाले स्थानीय निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धामा जानुपर्ने बताएका हुन् ।

कोइरालाले काँग्रेसले आफ्नो अस्तित्व जोगाउनुपर्ने भन्दै गठबन्धनमा बस्न नहुने बताएका हुन् । कोइरालाले निर्वाचनमा कांग्रेसलाई भोट हाल्न चाहनेहरूलाई अर्को पार्टीमा भोट हाल्न बाध्य पार्नु बुद्धिमानी नहुने बताए । उनले कांग्रेसलाई भोट हाल्न तयार भएर बसेकाहरूलाई अर्को पार्टीमा भोट हाल्न बाध्य पार्नु उपयुक्त नहुने स्पष्ट पारेका हुन् ।

कांग्रेस बैठकपछि कोइरालाले एमसीसी अनुुमोदन गरेर जनतामा जाने निर्णय गरेको जानकारी दिए । नेता कोइरालाले एमसीसीमा सबै नेता एकमत जस्तै रहेको दावी गरे । उनले जनतालाई पनि एमसीसी नेपालको विकाससँग जोडिएकाले सोहीअनुसार बुझाउनुपर्नेमा नेताहरुले जोड दिएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !