१२ श्रावण २०८१, शनिबार

सरकारले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्नुपर्छ : सचिव रायमाझी


टोपबहादुर रायमाझी फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।

आज यहाँ आयोजित साक्षात्कारमा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षडयन्त्र भैराखेको आरोप समेत लगाए ।

उनले भने, “ स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !