२५ बैशाख २०८१, मंगलबार

सिरिजंगा सरोकार समाजद्वारा स्थानीय निर्वाचनको मिति घोषणाको स्वागत


सिरिजंगा सरोकार समाज, नेपाल

काठमाडौँ । सिरिजंगा सरोकार समाज, नेपालले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा हार्दिक स्वागत गरेको छ । उक्त संस्थाका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले हिजो मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनको मिति घोषणाको स्वागत गरेका हुन् ।

गत सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने निर्वाचन आयोगले सरकारलाई परामर्श दिएपछि निर्वाचनको मिति घोषणा गरिएको थियो ।

संस्थाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचन आगामी २०७९।०१।३० गते सम्पन्न गर्ने गरी नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयलार्ई सिरिजंगा सरोकार समाज, नेपाल हार्दिक स्वागत गर्दछ ।’

‘नेपाल सरकारको यस निर्णयले संविधान र कानुनको पालना मात्र गरेको छैन कि लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास र जनचाहनालाई उच्च सम्मान गरेको छ । शासन व्यवस्था सदैब विधिको शासनको मूल्य मान्यता अझ भनौ जनता जनताद्वारा जनताको विधिबाट शासित हुनुपर्दछ भन्ने प्रजातान्त्रिक शासन व्यवस्थाको मूल मन्यतालाई आत्मसात गरी उच्च कदर भएको छ । स्थानीय तह सरकारविहीनताको स्थितिबाट जोगिएको मात्र छैन कि जनताका जनजीविका विषयहरु, जनताका अत्यावश्यक सेवाहरु र विकास निर्माणका गतिविधिहरुले अवरुद्ध हुने स्थितिबाट जोगिएको छ’, जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्रको मूल सार तत्व आवधिक निर्वाचनबाट राजनीतिक पार्टीहरु र जनता बीच पुनर्ताजगी सहित नयाँ ढंगबाट सम्बन्ध स्थापित हुने, जनताका सवालहरुलाई नयाँ ढंगबाट सम्बोधन गर्न र परिवर्तित अवस्थामा देखिएका नयाँ सवालहरुलाई सम्बोधन गर्न प्राप्त हुने मोैकालाई नेपाल सरकारले गुम्न नदिई संविधान र मौजुदा कानुनलाई पालन गरेकोले नेपाल सरकार र निर्वान आयोग, राजनीतिक दलहरु तथा सम्बन्धित सबैपक्षहरुलाई यस कार्यका लागि सिरिजंगा सरोकार समाज, नेपाल हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

‘अतः कुनै पनि वाहानामा उक्त निर्वाचनको समय तालिकामा हेरफेर नगरी कोभिड–१९ को सन्दर्भमा भएका स्वास्थ्य सम्बन्धी प्रोटोकललाई पालना गरी घोषित मिति २०७९।०१।३० गते नै निर्वाचन सम्पन्न गर्न गराउन सबै राजनीतिक दलहरु, दलहरुका भातृ संगठनहरु, सरकार, सुरक्षा निकाय, मतदाता, आम नगरिकहरु, पत्राकार, नागरिक समाज, कर्मचारी वर्ग, निर्वाचन पर्यवेक्षकहरु लगायत राज्यका सबै तह तप्का समेतलाई यस सिरिजंगा सरोकार समाज, नेपाल हार्दिक आह्वान गर्दछ ।’ जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ हेर्नुहोस् संस्थाद्वारा जारी गरिएको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !