२२ बैशाख २०८१, शनिबार

आज नेकपा स्थायी कमिटी बैठक बस्दै, होला त आज सहमति ?


नेकपा स्थायी कमिटी बैठक

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । पुर्व निर्धारित समय अनुसार आज आइतबार अपरान्ह १ बजे बालुवाटारमा बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुने पूर्वनिर्धारित एजेण्डा रहेको छ ।

प्रधानमन्त्री ओलीले हिजो बिहानैदेखि नेकपाभित्रको विवाद समाधानका लागि राजनीतिक भेटघाट तीव्र पारेका थिए । बिहान ११ बजे खुमलटार पुगेका ओलीले प्रचण्डसँग १ घण्टा छलफल गरी १२ बजेपछि खुमलटारबाट बाहिरिएका थिए । शुरुमा दुई नेताबीच मात्रै भेटघाट हुने भनिएपनि उपाध्यक्ष वामदेव गौतम र बरिष्ठ नेता माधव नेपाल पनि खुमलटार पुगेका थिए । ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका थिए भने गौतम पुगेको आधा घण्टापछि नेपाल खुमलटार पुगेका थिए ।

हिजो खुमलटारमा प्रधानमन्त्री ओलीले कार्यकारी अर्का अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर सहमतिमा आउन आग्रह गरेका थिए । प्रधानमन्त्री ओली प्रचण्डलाई आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा अगाडि बढ्न आग्रह गरेतापनि प्रधानमन्त्रीको प्रस्ताव प्रचण्डले अस्वीकार गरेको बुझिएको छ । उनले आफ्नो अडान कायमै रहेको भन्दै पार्टी एकतालाई बलियो बनाउन आफ्नो प्रतिवेदन उपर्युक्त रहेको जवाफ दिएका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिइदिनुपर्यो भन्ने पुरानै आग्रह दोहोर्‍याएका थिए । तर अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत भएको प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटी बैठकमा छलफल गरेर निष्कर्षमा पुगौं भनेर जवाफ दिएका थिए ।

खुमलटार स्रोतका अनुसार हिजोको छलफलमा चर्चा र अपेक्षा गरिएजस्तो कुनै ठोस सहमति हुन नसकेको बुझिएको छ । नेकपाभित्र जारी विवादकै निरन्तरता स्वरूप हिजोको छलफल भएको स्रोतले बताएको थियो । सधै बालुवाटारमा हुने छलफल हिजो खुमलटारमा मात्र भएपनि अरू कुनै उपलब्धिमूलक निष्कर्षमा नपुगेको बुझिएको छ ।

‘प्रचण्ड’ सँग भेटवार्ता सकिए लगतै ओली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक मन्त्री क्वाटर पुगेका थिए । साथै प्रधानमन्त्री ओलीले हिजो पुल्चोक मन्त्री क्वाटरमा मन्त्रीहरुसँगको आकस्मिक भेटमा ओलीले समसामयिक राजनीतिबारे छलफल गरेको बताइएको थियो ।

साथै हिजोसाँझ प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, अध्यादेश विवाद लगायत विषयमा जानकारी गराउने उद्धेश्यले प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका थिए । प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने वा नलिने भन्ने विषयमा राष्ट्रपतिसँग पराशर्म गर्नका लागि शितलनिवास गएको स्रोतको दाबी छ ।

शीर्ष नेताहरुको टकरावकैबीच नेकपाको बस्न लागेको स्थायी कमिटि बैठक अघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरेपनि सहमति भई सकेको छैन । बैठक सुरु हुन एक दिनअघिसम्म पनि सहमति जुटाउने प्रयास सफल हुन सकेको छैन । हिजो दिनभर प्रधानमन्त्री ओली सहमतिका लागि प्रचण्ड लगायत पार्टीका नेताहरुसँगको भेटघाटमै व्यस्त रहेपनि हिजो सहमति खोज्ने प्रयास असफल भएको थियो ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेका थिए भने मंसिर १३ को बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिएका थिए । अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भई रहेको नेताहरुले बताएका छन् ।

२१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोगपत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देश सहितको पत्र पठाएका थिए । प्रचण्डले सार्वजनिक कार्यक्रममै ओलीको बैठक नमान्ने प्रवृत्तिप्रति आक्रोश पोखिरहेका छन् । अध्यक्षद्वयबीच सहमति नजुटेको अवस्थामा आज पेलेरै जाने रणनीति प्रचण्ड-नेपाल पक्षको छ ।

गत बुधबार बसेर ४ दिनका लागि स्थगित भएको स्थायी कमिटि बैठकको बीचमा नेताहरुबीच आपसी संवाद मार्फत् सहमति खोज्ने प्रयास भएपनि आ-आफ्नै अडानका कारण त्यो सफल हुन सकेको छैन । हिजो खुमलटारमा ओलीले प्रचण्डलाई आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा अगाडि बढ्न आग्रह गरेतापनि प्रधानमन्त्रीको प्रस्ताव प्रचण्डले अस्वीकार गरेपछि आज बस्ने भनिएको स्थायी कमिटी बैठकमा ओली नै सहभागी नहुने देखिएकोले कुनै सहमति हुन नसक्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

यस्तो भयो आज ओली-प्रचण्डवीच खुमलटारमा छलफल

प्रचण्डलाई बिहान भेटेर साँझ किन पुगे प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा ?

प्रधानमन्त्री ओलीले पुल्चोक मन्त्री क्वाटरमा किन मन्त्रीहरूसँग गरे आकस्मिक भेट ?

प्रचण्डलाई खुमलटार भेटेलगतै प्रधानमन्त्री ओली किन पुगे गृहमन्त्री थापालाई भेट्न पुल्चोक ?

ओली-प्रचण्डको भेटवार्तापछि नेपाल पनि अचानक किन पुगे खुमलटार ?

ओलीपछि बामदेव पनि एकाएक किन पुगे खुमलटार ?

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली किन अचानक पुगे खुमलटार ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !