१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीले पुल्चोक मन्त्री क्वाटरमा किन मन्त्रीहरूसँग गरे आकस्मिक भेट ?


प्रधानमन्त्री ओलीले पुल्चोक मन्त्री क्वाटरमा किन मन्त्रीहरूसँग गरे आकस्मिक भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिवार पुल्चोक मन्त्री क्वाटरमा मन्त्रीहरूसँग आकस्मिक भेट गरेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बाहिरिएपछि मन्त्रीहरूलाई भेट्न उनी मन्त्री क्वार्टर पुल्चोक पुगेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पुल्चोकमा पुगेर मन्त्रीहरूसँग प्रधानमन्त्रीले आकस्मिक भेट गरेको बताए । उनले गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा कुमारी अर्याललाई मन्त्री निवासमा गएर भेटेका हुन् ।

अध्यक्ष दाहालसँग खुमलटारको भेटवार्तापछि प्रधानमन्त्रीले साइडलाइन मिटिङका क्रममा मन्त्री निवास पुल्चोकमा पुगेर मन्त्रीसँग छलफल गरेको थापाले जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीले शुरुमा गृहमन्त्री थापाको निवासमा एक्लाएक्लै छलफलमा गरेको बताइएको छ ।

ओली-प्रचण्डवीच खुमलटारमा १ घण्टा भेटवार्ता भएको छ । बिहान ११ बजे खुमलटार पुगेका ओली १२ बजेपछि खुमलटारबाट बाहिरिएका छन् । शुरुमा दुई नेताबीच मात्रै भेटघाट हुने भनिएपनि उपाध्यक्ष वामदेव गौतम र बरिष्ठ नेता माधव नेपाल पनि खुमलटार पुगेका थिए । ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका थिए भने गौतम पुगेको आधा घण्टापछि नेपाल खुमलटार पुगेका हु्न् ।

नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली पुल्चोक मन्त्री क्वाटर पुग्नुलाई पनि राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ । नेकपाभित्रको विवाद ‘भुसको आगो’ झैं भित्रभित्रै सल्किरहेको अवस्थामा नेताहरुबीचको भेटले सहमतिको प्रयास पनि तीव्र बनेको हो की भन्ने अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले शनिबार एकाएक सक्रियता बढाएसंगै राजनीतिक वृत्तमा चासोपूर्ण रुपमा हेरिनुको साथै नेकपामा के को खिचडी पाकिरहेको छ भन्ने जिज्ञाषा बढेको छ । सवै भेटवार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

विभिन्न शंका उपशंकाको आंकलन हुदै गर्दा त्यो अव केहि समयभित्र नेकपामा देखिने विकसित घटनाक्रम र धुर्वीकरणले अझ प्रष्ट हुनेछ किनकी विगतमा नेपालको राजनीतिक विश्लेषण गर्ने कतिपय माहिर राजनीतिक विश्लेषकको विश्लेषण समेत झुट्टा सावित हुने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई खुमलटार भेटेलगतै प्रधानमन्त्री ओली किन पुगे गृहमन्त्री थापालाई भेट्न पुल्चोक ?

ओली-प्रचण्डको भेटवार्तापछि नेपाल पनि अचानक किन पुगे खुमलटार ?

ओलीपछि बामदेव पनि एकाएक किन पुगे खुमलटार ?

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली किन अचानक पुगे खुमलटार ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !