२० बैशाख २०८१, बिहिबार

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली किन अचानक पुगे खुमलटार ?


ओली र प्रचण्ड

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार गएपछि नेपाली राजनीतिक वृत्तमा उनी अचानक किन गए भन्ने चासो ह्वात्तै बढेको छ ।

आज शनिबार बिहान ११ बजे प्रधानमन्त्री ओली ३ बर्षपछि खुमलटार पुगेका हुन् । ओली यसअघि २०७४ सालमा प्रधानमन्त्री भएपछि ओली पहिलो पटक खुमलटार गएका थिए । आन्तरिक विवाद चुलिएपछि समाधान गर्न प्रधानमन्त्री ओली‘ब्रेक फास्ट मिटिङ’का रूपमा ‘प्रचण्डलाई भेट्न ओली खुमलटार पुगेका हुन् ।

प्रधानमन्त्री ओली स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । उनी खुमलटार गएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवासमा गएका हुन् ।

यी अध्यक्षद्वयको व्यक्तिगत शक्ति र सत्ता संघर्षको कारण लगभग पार्टी विभाजनको संघारमा ओली दाहाललाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टी विभाजनको संघारमा पुगेको वेला नेकपामा फेरि आएको यो प्याराडाइम सिफ्टले नेकपाका कार्यकताहरु र नेताहरुमा हर्षको वर्षा भएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न आज बिहान ११ बजे दाहाल निवास खुमलटार गएका हुन् । पार्टीमा जारी गतिरोधका वीच ओली दाहाल निवास गएका हुन् । हिजो शुक्रबार दाहाल र ओलीवीचच बालुवाटारमा भेटवार्ता भएको थियो ।

बालुवाटारमा भएको भेटमा दाहालले ओलीलाई ‘म मात्रै आइरहन्छु तपाईं पनि मेरोमा आउन हुन्छ नी’ भनेपछि ओली खुमलटार गएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ । प्रचण्डको सचिवालय स्रोतले प्रधानमन्त्री गएको पुष्टि गरेको छ ।

नेपालमा कोरोनाको महामारी सुरू भएदेखि प्रधानमन्त्री ओली बालुवाटरबाट विरलै बाहिर निस्कने गरेका छन् । यसअघि पार्टीभित्र उनीदेखि असन्तुष्ट रहँदै आएको माधव नेपाल तथा दाहाल समूहले सचिवालयमा अल्पमतमा पारेपछि वामदेव गौतमलाई आफ्नो पक्षमा मनाउन साउनमा गौतम निवास भैंसेपाटी पुगेका थिए ।

नेकपाका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहले हिजो प्रदेश १ को पार्टी भेला आयोजना गरेका थिए । पेरिसडाँडामा आयोजना हुन् लागेको सो भेलामा प्रचण्ड-नेपाल समूहले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुका साथै प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई समेत भेलामा बोलाइएको थियो ।

पार्टीभित्रको वर्तमान परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको थियो । सो भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेश गौतम र नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएर दाहाल-नेपाल समूहले संगठित विरोधमा उत्रिन निर्देश गरेका थिए ।

दाहाल-नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएतापनि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान लिदै आएका छन् । तथापी पार्टीभित्र अल्पमतमा परेका उनीमाथि दाहाल-नेपाल पक्षको दबाब तीव्र रुपमा बढेको छ ।

पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि दाहाल-नेपाल पक्ष झन् रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएका छन् ।

कतिपयले यसलाई प्रधानमन्त्री ओली थप लचक भएर आएको रुपमा राजनीतिक विश्लेषकले यसलाई विश्लेषण गरेका छन् । प्रचण्ड र नेपालले शुक्रबार गुट भेला पश्चात कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेपछि ओली गलेको हो कि भनेर पनि विश्लेषण गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

पेरिस डाँडामा अचानक प्रचण्ड-नेपाल समूहको भेला, अव के गर्लान् ओलीले ?

नेकपा विवाद फेरि बल्झिने संकेत : अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

नेकपाको आन्तरिक विवाद के समाधानतर्फ नै उन्मुख भएको हो त ?

मन्त्रिपरिषद् बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली किन बसे मौन ?

आज साँझ बोलाइएको संवैधानिक परिषद्को बैठक किन भयो फेरि अचानक स्थगित ?

यस्तो सहमति जसले गर्दा प्रधानमन्त्री ओली भए बैठकमा बस्न राजी

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको २४ घण्टा नबित्दै ओलीले लिए फिर्ता !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !