२३ बैशाख २०८१, आइतबार

यस्तो सहमति जसले गर्दा प्रधानमन्त्री ओली भए बैठकमा बस्न राजी


नेकपा स्थायी कमिटि बैठक फाइल फोटो

काठमाडौँ । लामो रस्साकस्सीका वावजुद सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच सहमित भएर प्रधानमन्त्री ओली नेकपाको स्थायी कमिटि बैठकमा सहभागी भएका छन् ।

पार्टी विभाजनको संघारमा पुगेको वेला नेकपमा आएको यो १८० डिग्रीको प्याराडाइम सिफ्टले नेकपाका कार्यकताहरु र नेताहरुमा हर्षको वर्षा भएको छ भने शीर्ष नेताहरुमा सद्वुद्धि पलाएको हो कि भन्ने भान हुन् थालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजेको लागि बोलाइएको स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली नआएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी समिति सदस्यहरु भीम रावल र पम्फा भुसाललाई अचानक राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पठाएका थिए भने महासचिव विष्णु पौडेललाई राखेर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल पनि गरेका थिए ।

प्रचण्डले फेरि ओलीसँग छलफल गर्नुको मुख्य कारण भनेको पार्टीमा सिर्जना भएको चरम विवादलाई अन्त्य गरी सहमतिको विन्दु नै खोज्नु रहेको नेकपाका एक नेताले बताएका थिए । देशभर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको प्रदर्शन र राजावादीहरु सल्बलाउन थालेपछि नेकपाका शीर्ष नेताहरु सचेत भएको देखिन्छ ।

प्रचण्ड-नेपाल पक्षका ती नेताहरु संसदको विशेष अधिवेशन आह्वानका लागि माग गर्दै लेखेको निवेदन र ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बुझाउन राष्ट्रपति कार्यालय पुगेपछि प्रधाननमन्त्री ओली अप्ठ्यारोमा परेर उनले अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर शीतल निवास पुगेका नेताहरुलाई फिर्ता बोलाउन आग्रह गर्दै संवैधानिक परिषद् सम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका हुन् ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएकाले संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको नेकपा स्रोतको दावी रहेको छ । स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल, घनश्याम भुसालको पहलमा भएको अध्यक्षद्वयको वार्तामा केही समयपछि महासचिव विष्णु पौडेल समेत सहभागी भएर परिणाममूखी भूमिका खेलेकोले गर्दा नेकपाको विवाद केहि मत्थर भएको छ ।

सरकारले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच तिक्तता बढेको थियो । अध्यादेश जारी भएसँगै प्रमुख प्रतिपक्षी दल र सत्तारुढ नेकपाका असन्तुष्ट नेताले समेत आपत्ति जनाएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिनुपर्ने अडान लिएका छन् ।

सहमतिको फलस्वरुप पटक पटकको दुई पक्षीय दलफलपछि ओली बैठकमा बस्न राजी भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा ओली सहितको स्थायी समिति बैठक सुरु भई जारी रहेको छ । मंसिर २१ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्ष ओली र ‘प्रचण्ड’ले पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि छलफल हुने बताइएपनि ठोस छलफल हुन भने सकेको छैन ।

यो पनि पढ्नुहोस्

नेकपा स्थायी कमिटी बैठक शुरु

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको २४ घण्टा नबित्दै ओलीले लिए फिर्ता !

रावल र भुसाललाई शितलनिवास पठाएर प्रचण्डले फेरि किन थाले ओलीसँग छलफल ?

स्थायी समिति बैठकमा ओली नआएपछि किन रावल र भुसाल पुगे अचानक शीतलनिवास ?

ओली र प्रचण्डले ताने राष्ट्रपति भण्डारी र सभामुख सापकोटालाई विवादमा

संवैधानिक परिषद्को बैठक सकिने बित्तिकै किन गए प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शितलनिवास ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !