४ बैशाख २०८१, मंगलबार

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको २४ घण्टा नबित्दै ओलीले लिए फिर्ता !


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन राजी भएका छन्। हिजोमात्रै सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशसंगै नेकपाभित्र विवाद झनै चर्किएपछि ओलीले फिर्ता लिन राजी भएका हुन् ।

संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका सांसदहरु शितलनिवासमा पुगेपछि ओली फिर्ता लिन राजी भएका हुन् । महासचिव विष्णु प्रसाद पौडेलको सहभागितामा भएको अध्यक्षद्धयको छलफलमा अध्यादेश फिर्ता लिन ओली सहमत भएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु