११ श्रावण २०८१, शुक्रबार

ओली-प्रचण्डको भेटवार्तापछि नेपाल पनि अचानक किन पुगे खुमलटार ?


माधव नेपाल फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता सकिए लगतै नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि खुमलटार पुगेका छन् ।

ओली-प्रचण्डवीच खुमलटारमा १ घण्टा भेटवार्ता भएको छ । बिहान ११ बजे खुमलटार पुगेका ओली १२ बजेपछि खुमलटारबाट बाहिरिएका छन् । शुरुमा दुई नेताबीच मात्रै भेटघाट हुने भनिएपनि उपाध्यक्ष वामदेव गौतम र बरिष्ठ नेता माधव नेपाल पनि खुमलटार पुगेका थिए ।

ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका थिए भने गौतम पुगेको आधा घण्टापछि नेपाल खुमलटार पुगेका हु्न् । नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला नेताहरुको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ । अहिले प्रचण्ड, वामदेव र नेपालबीच खुमलटारमा भेटवार्ता भइरहेको छ ।

नेकपाका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहले हिजो प्रदेश १ को पार्टी भेला आयोजना गरेका थिए । पेरिसडाँडामा आयोजना हुन् लागेको सो भेलामा प्रचण्ड-नेपाल समूहले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुका साथै प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई समेत भेलामा बोलाइएको थियो ।

पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएर दाहाल-नेपाल समूहले संगठित विरोधमा उत्रिन निर्देश गरेका थिए ।

दाहाल-नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएतापनि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान लिदै आएका छन् । तथापी पार्टीभित्र अल्पमतमा परेका उनीमाथि दाहाल-नेपाल पक्षको दबाब तीव्र रुपमा बढेको छ ।

पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि दाहाल-नेपाल पक्ष झन् रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएका छन् ।

भेटवार्तामा के भयो भन्ने भने खुलिसकेको छैन । साथै ओली-दाहाल र गौतम मिलेर कतै नेपाललाई एक्ल्याउन खोजेको त होइन भन्ने शंका पनि बढेको बेला नेपाल पनि खुमलटार पुगेका छन् । यस्ता विभिन्न शंका उपशंकाको आंकलन हुदै गर्दा त्यो अव केहि समयभित्र नेकपामा देखिने विकसित घटनाक्रम र धुर्वीकरणले अझ प्रष्ट हुनेछ किनकी विगतमा नेपालको राजनीतिक विश्लेषण गर्ने कतिपय माहिर राजनीतिक विश्लेषकको विश्लेषण समेत झुट्टा सावित हुने गरेका छन् ।

यो पनि पढ्नुहोस्

ओलीपछि बामदेव पनि एकाएक किन पुगे खुमलटार ?

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली किन अचानक पुगे खुमलटार ?

पेरिस डाँडामा अचानक प्रचण्ड-नेपाल समूहको भेला, अव के गर्लान् ओलीले ?

नेकपा विवाद फेरि बल्झिने संकेत : अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

नेकपाको आन्तरिक विवाद के समाधानतर्फ नै उन्मुख भएको हो त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !