समाचार

  • crimes

    आठ डाँका पक्राउ

    जनकपुरधाम, ९ जेठ । हतियारसहित आठ जना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा पक्राउ गरिएका डाँकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । जानकी विहारका महन्त नारायण शरणको बासस्थानमा नगद र मन्दिरमा रहेको सुनचाँदीलगायतका गरगहना डकैती गरी लुटी लैजाने उद्देश्यले भारतको विहारबाट भारतीय नंं प्लेटको […]

  • ramchandra

    लोकतन्त्रको जगमाथि प्रहार हुन दिन्नौँ : वरिष्ठ नेता पौडेल

    भीमदत्तनगर, ९ जेठ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही भइरहेको आरोप लगाउनुभएको छ ।कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो “सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ । शासकहरु केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने स्थिति आएको हो ।” आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको […]

  • मृत्यु

    टिपरको ठक्करबाट मृत्यु

    उर्लाबारी, ९ जेठ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा टिपरको ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ । बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ४३५५ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको को५प ५५०० नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर […]

  • Nepalpatra

    तालपोखरामा डुङ्गा बन्द

    सुशीला रेग्मी, बेझाड, पाल्पा, ९ जेठ । एक सय पर्यटकीय गन्तव्य स्थलमा सरकारले रामपुरको तालपोखरालाई छनोट गरेपछि यसले निकै चर्चा पायो । टाढा टाढाबाट पर्यटक तालपोखरा हेर्न रामपुर भित्रिन थाले । आन्तरिक पर्यटकले खचाखच हुने तालपोखरा क्षेत्र अहिले भने सुनसान छ । कृत्रिम तालका रुपमा विकास गरिएको तालपोखरामा दुई महिनाअघिदेखि डुङ्गा सञ्चालन बन्द गरिएपछि यहाँ […]

  • आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित

    काठमाडौँ, ९ जेठ । सशस्त्र प्रहरी बल (एपीएफ) ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान गरेको छ ।प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा पदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सम्मान गर्नुभएको हो । उक्त प्रतियोगितामा एपीएफ क्लब […]

  • Nepalpatra

    नागरिकता विधेयकविरुद्ध तीन दल

    बलेवा, ९ जेठ । राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् । केही समयअघि हस्ताक्षर सङ्कलन गरेका ती दलले उक्त विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन माग गरेका हुन् । आज विधेयकविरुद्ध ती दलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पनि बुझाएका थिए । नेपालको […]

  • matrika yadav

    संविधानको मूल ‘स्प्रिट’ लाई सबैले आत्मसात् गरौँ : उद्योगमन्त्री

    सुर्खेत, ९ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ । वीरेन्द्रनगरमा निर्माणाधीन लघु औद्योगिक ग्रामको आज प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको मूल स्प्रिट तीन तहका सरकारबीच समन्वय र सहकार्य नै रहेको बताउनुभएको हो । “संविधानको मूल स्प्रिटलाई सबैले […]

  • Nepalpatra

    चन्द्रागिरिमा एक हजार २८२ घर पुनर्निर्माण

    काठमाडौँ, ९ जेठ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति भएका पाँच हजार ७८५ घरमध्ये एक हजार २८२ घर पुनर्निर्माण सम्पन्न भएको हो । नगरपालिकाका उपप्रमुख लिसा नकर्मीले भूकम्पले क्षति पु¥याएका पाँच हजार ७८५ घरमध्ये चार हजार […]

  • kpoli

    विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ : प्रम

    काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गर्नुभएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीपन, […]

  • Nepalpatra

    अपराध अनुसन्धानमा ‘गौरी’ र ‘जमुना’को चर्चा

    बाँके, ९ जेठ । कुकुरका लागि मानिस साथी र रक्षक दुबै हो । घरको सुरक्षादेखि अपराधी पत्ता लगाउने काममा समेत कुकुरको प्रयोग हुँदै आएको छ । विश्वमा प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिँदै आएका छन् । कुकुरको सहयोगका कारण ठूला ठूला अपराधमा संलग्न हुनेहरु प्रहरीको फन्दामा पर्ने गरेका छन् । अन्य मुलुकको जस्तै नेपालमा पनि […]

  • smoke

    रक्सी चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता

    दार्चुला, ९ जेठ । दार्चुलामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य वस्तुबाट टाढै रहने प्रतिबद्धता जनाएका छन् । आफ्नो स्वास्थ्यप्रति पूर्ण जिम्मेवारी रहने भन्दै दशबुँदे प्रतिबद्धताअन्तर्गत यस्तो प्रतिबद्धता जनाएका हुन् । स्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको राष्ट्रिय रक्तचाप जाँच अभियान कार्यक्रममा उनीहरुले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै स्वास्थ्यको जिम्मेवारी आफँै लिन दशबँुँदे […]

  • Nepalpatra

    अध्यक्ष रेग्मी धरौटीमा रिहा

    चितवन, ९ जेठ । उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा हुनुभएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङस्थित सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले रेग्मीलाई बुधबार पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उहाँ जिल्ला प्रशासन कार्यालय चितवनमा […]

  • Nepalpatra

    वातावरणीय प्रभाव मूल्याङ्कन नगर्दा विकासका काम प्रभावित

    डडेल्धुरा, ९ जेठ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी टेण्डर आह्वान गर्दा डडेल्धुरामा कतिपय विकास निर्माणका काममा अवरोध सृजना भएको छ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी टेण्डर आह्वान गर्दा विशेषगरी वनजङ्गल भएको क्षेत्रमा विकास निर्माणको काममा समस्या उत्पन्न भएको हो । डडेल्धुरादेखि भागेश्वर गाउँपालिकाको वगरकोटसम्मको ३२ केभी विद्युत् प्रसारण लाइन जङ्गलका कारण […]

  • Road Construction

    हुलाकी राजमार्गः २२ महीनामा १२ किलोमिटर कालोपत्र

    लमही, ९ जेठ । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक अहिलेसम्म साढे १२ किलोमिटर मात्रै कालोपत्र भएको छ । गत वर्ष पुससम्म नौ किलोमिटर सडक कालोपत्र भएको थियो, त्यसयता चार महीनामा साढे तीन किलोमिटर सडक कालोपत्र भएको छ । तीस महीनामा कालोपत्रको काम सक्नुपर्ने भए पनि २२ महीनासम्ममा साढे १२ किलोमिटर सडक कालोपत्र भएको इञ्जिनीयर मुकेशकुमार […]

  • लामखुट्टेबाट जोगिन झूल वितरण

    तुलसीपुर, ९ जेठ । तुलसीपुर उपमहानगरपालिका–६ शिवबस्ती टोलका ६३ घरपरिवारलाई झूल वितरण गरेको छ । लामखुट्टेको प्रकोपबाट जोगिनका लागि झूल वितरण गरिएको हो । परिवारको सङ्ख्याका आधारमा झूल वितरण गरिएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले जानकारी दिनुभयो । तीन जनाको परिवार हुनेलाई एउटा, पाँच जनासम्म हुनेलाई दुई र सोभन्दा माथि हुनेलाई तीन वटासम्म झूल वितरण […]