घटना

  • Krishna Bahadur Mahara

    सभामुख महरामाथि दुर्व्यवहार गरेको आरोप

    १४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमै कार्यरत एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । उक्त आरोप नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने परेको छैन । आइतबार साँझ आफू दुर्व्यवहारको शिकार भएको दाबी गरिन् । सभामुख महराले भने आफूमाथिको आरोप निराधार भएको बताएका छन् । कर्मचारीले समायोजनमा परेपछि आफूमाथि […]

  • मूल्य एक्कासि बढेपछि कालीमाटीको प्याज गोदाममा छापा

    १३ असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन टोलीले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ । बजारमा प्याजको मूल्य एक्कासि बढेपछि टोलीले कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो । अनुगमनका क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको थियो । व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढाएर बिक्री गरेको […]

  • दुर्घटनावाट मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

    ७ असोज, नवलपरासी । सोमबार राति १०:१५ बजेको समयमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नंको कार एकापसमा ठोक्किएर मृत्यु हुने हुने पाँचै जनाको पहिचान खुलेको छ । उक्त दुर्घटनावाट मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका पूर्णबहादुर विक, दिलबहादुर ढेँगामगर, दिपेश राना, हीरा […]

  • crime

    पन्जाबको केन्द्रीय कारागारबाट छुटे डिल्लीराम

    ३ असोज, काठमाडौं । अढाइ वर्षदेखि पन्जाब राज्यको अमृतसरस्थित केन्द्रीय कारागारमा रहेका २८ वर्षीय डिल्लीराम थारु छुटेको छन् । सरकारले समयमै छुटाउन पहल नगर्दा उनले अनाहकमा अढाइ वर्ष जेल बस्नुपरेको हो । थारुलाई जेल प्रशासनले बुधबार दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश अधिकारीको जिम्मा लगाएको छ । डिल्लीरामको रिहाईले भारतको अन्य जेलमा रहेका […]

  • fire

    धनगढीको वडा कार्यालयमा आगजनी

    कैलाली, २ असोज । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । आगलागी भएको खबर तुरुन्तै थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै […]

  • प्रमुख र उपप्रमुखबीच विवादै– विवाद, एक जनाको ज्यानसमेत गयो

    २ भदौं, काठकाणडौं । देशभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एक जना नगरवासीको ज्यानै लिइसक्यो । नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको हो । […]

  • crime

    घुस लिएको आरोपमा कार्यकक्षबाटै पक्राउ परे नायब निरीक्षक

    साँखु, काठमाडौँ, १ असोज । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ । आज अख्तियारको टोलीले महानगरीय प्रहरी वृत बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख बिपिनचन्द्र पन्तलाई सेवाग्राहीबाट पाँच हजार घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरको हो । थलीका स्थानीय व्यवसायीलाई बिना कारण […]

  • गृहमन्त्रीका भाइ पक्राउ प्रकरण : थापाको ‘हिरासत’ चिरायु अस्पताल

    ३१ भदौं, काठमाडौं । पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सकको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालनमा भर्ना भएका हुन् । ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, […]

  • Accide

    भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते

    दमौली, ३० भदौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल […]

  • विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा

    गुलरिया, २७ भदौ । जिल्ला प्रहरी कार्यालय बर्दियामा नेत्रबिक्रम चन्द समूहका इन्चार्जसहित दुई नेताविरुद्ध आज विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । सो समूहका जिल्ला इन्चार्ज अछामको पञ्चविनायक नगरपालिका–४ की ३८ वर्षीया मीनादेवी चलाउने धामी र विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष कैलालीको जोशीपुर गाउँपालिका–१ का २३ वर्षीय लोकेन्द्र जोशीविरुद्ध प्रहरीले विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दायर […]

  • china

    ठगीको आरोपमा २ सय ७७ जना चिनियाँ नागरिक पक्राउ

    मनिला, २७ भदौ । फिलिपिनी अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको प्रहरीको भनाई छ । अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरुलाई पक्राउ […]

  • मृत्यु

    पहिरामा पुरिएर चालकको मृत्यु

    बेझाड, २७ भदौ । सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो पनि पहिरोले […]

  • fire

    वडा कार्यालयमा आगजनी

    कञ्चनपुर, २७ भदौ । भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फुटाली भित्र आगजनी गरिएको थियो । आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्रसहितको दराजलगायत जलेर क्षति पुगेको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । आगजनी गरिएको ठाउँमा नेकपा (विप्लव) समूहको नामबाट छाडिएको पर्चासमेत फेला परेको जानकारी दिँदै […]

  • ram bahadur

    गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग थियो यस्तो ‘कनेक्सन’

    २७ भदौं, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ । निर्माण व्यावसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहको नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको […]

  • crimes

    बलात्कार प्रयास गर्ने दुई पक्राउ

    मोरङ, २६ भदौ । बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । […]