, घटना

घटना

  • करेन्ट

    करेन्ट लागेर एकको मृत्यु, एक घाइते

    जनकपुरधाम, ११ फागुन । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ । सोही घटनामा अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका– ४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेका र बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । […]

  • आगलागी

    कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

    कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हँुदा रु १० लाख बढीको क्षति भएको छ । स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आउनुभएको सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो । कमाइ खाने सहारा फार्म थियो […]

  • मृत्यु

    सवारी दुर्घटनामा महिलाको मृत्यु

    दमौली, १० फागुन । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा आज दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग १ ख ९६१८ नंको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]

  • मृत्यु

    शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको मृत्यु

    दोलखा, ९ फागुन । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नंको बसले आज ११ः३० बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले किचेको हो । ठक्कर […]

  • न्याय

    भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार

    परासी, ९ फागुन । छ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो । आफ्ना छोरीलाई बन्धक बनाई राखिएकाले उद्धार गरिदिनु भन्ने युवतीकी आमाको […]

  • चल्ला

    चल्लासहित ट्रक नियन्त्रणमा

    लहान, ९ फागुन । प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गए राति गोलबजार नगरपालिका ४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो । बा २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको […]

  • महिला हिंसा

    काठमाडौंको कलेजभित्रै छात्रा बलात्कृत

    ८ फागुन, काठमाडौं । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छिन् । पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्स क्याम्पसमा तेस्रो समेस्टरमा अध्ययनरत कैलाली […]

  • Arrested accused

    घुस लिएको अभियोगमा इञ्जिनियर पक्राउ

    बैतडी, ७ फागुन । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनियर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ । निजी इञ्जिनीयर चमेलिया नदी नियन्त्रण तथा आयोजना उपभोक्ता समितिबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको आयोगले जनाएको छ । (रासस)

  • इन्सेक

    १ वर्षमा १५०० घटनाहरु बढे

    काठमाडौँ, ७ फागुन । गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको तथ्याङ्कमा २०१८ कोभन्दा २०१९ मा करिब एक हजार ५३२ घटना बढी भएका छन् । इन्सेकले तयार पारेको अभिलेखअनुसार सन् २०१९ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा छ हजार […]

  • मृत्यु

    टिप्परले टेम्पोलाई ठक्कर दिँदा भारतीयको मृत्यु

    राजविराज, ६ फागुन । सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता […]

  • मृत्यु

    अछाम कारागारमा एक कैदी मृत अवस्थामा

    अछाम, ६ फागुन । यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् । आज बिहान ढिलोसम्म उहाँ नउठ्नुभएपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी […]

  • पक्राउ

    घुस लिएको अभियोगमा सवइञ्जिनीयर पक्राउ

    भोजपुर, ६ फागुन । भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको […]

  • Crime1

    श्रीमती दिदीको घर गएको मौका छोपी १४ वर्षीया बालिकामाथि बलात्कार

    रुपन्देही, ५ फागुन । गत पुसको १५ गते रुपन्देहीको देवदहमा बाबुले छोरीलाई बलात्कार गरे । श्रीमती दिदीको घर गएको मौका छोपी रातिको समयमा ३७ वर्षीय बाबुले १४ वर्षीया नाबालिकामाथि बलात्कार गरेका हुन् । पीडकलाई प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीको मुद्दा चलाएको छ । गत पुस ६ गते तिलोत्तमा नगरपालिकामा छिमेकी एक युवकले सात वर्षीय नाबालकमाथि बलात्कार […]

  • महिला हिंसा

    महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिएपछि…

    मध्यपुरथिमि, ५ फागुन । महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ । प्रहरीमा मात्रै नभई नगरपालिकाको न्यायिक समितिमा परेका सो सम्बन्धी उजुरी मिलापत्र नै हुने गरेको पाइएको छ । विसं २०७५ माघदेखि २०७६ माघसम्ममा महानगरीय प्रहरी परिसरको महिला तथा बालबालिका सेवा केन्द्रमा १४३ महिला हिंसाको उजुरी दर्ता […]

  • घर पुनःनिर्माण

    खाडा बस्तीमा आगलागीबाट जलेका घर पुनःनिर्माण सम्पन्न

    मान्म, ४ फागुन । गत वर्षको पुस ८ गते राति भएको आगलागीबाट जलेको खाडा बस्तीका २६ घरको पुनःनिर्माण सम्पन्न भएका छन् । प्रदेश सरकार र विभिन्न स्थानीय तहको सहयोगमा २६ घर पुनःनिर्माण गर्ने काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिनुभयो । आगलागीले खरानी भएको खाडामा भूकम्प प्रतिरोधी घर बनेपछि खाडाका स्थानीय खुसी भएका […]

  • पक्राउ

    नयाँबसपार्क शुद्धीकरण अभियान : गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ

    काठमाडौँ, ४ फागुन । प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन् । प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका […]

  • गोली

    प्रेम अस्वीकार गरेपछि महिला प्रहरीको राइफलले आफैलाई हाने गोली

    फागुन ३, काठमाडौं । प्रेम दिवसमा आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि सिभिल ड्रेसमा रहेका प्रहरी जहानले शुक्रबार बिहान ड्युटीमा रहेकी महिला प्रहरीको थ्रीनटथ्री राइफलले आफैलाई गोली हानेर आत्महत्या प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको निवासमा ड्युटीमा रहेकी एक महिला प्रहरीको राइफल तानी […]

  • महिला हिंसा

    यौन हिंसामा परेकी युवतीलाई गाउँ फर्किन समस्या

    रवीन्द्र काफ्ले, फिदिम, १ फागुन । हजुरबा पर्ने व्यक्तिबाट यौन हिंसामा परेकी पाँचथरकी एक युवतीलाई गाउँ फर्किन समस्या परेको छ । वर्षौँदेखि यौन हिंसामा परेकी युवतीको गत पुस तेस्रो साता गाउँबाट उद्धार गरी सदरमुकाम ल्याइएको थियो । पीडित युवतीले गत पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । स्थानीयवासीको सहयोगमा सदरमुकाम ल्याइएकी पीडितलाई […]

  • मृत्यु

    दुर्घटनामा तीनको मृत्यु

    धादिङ, १ फागुन । धादिङको गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको […]

  • पक्राउ

    चितुवाको छाला र भालुको पित्तसहित पक्राउ

    संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । तारकेश्वर नगरपालिका–४ पुरानो गुहेंश्वरीमा अवैधरुपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोवार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ मङ्गलबार महाशाखाको प्रहरी टोली त्यसतर्फ गएको थियो । उक्त स्थानमा गई […]