१२ बैशाख २०८१, बुधबार

ट्र्याक्टर दुर्घटनामा मृत्यु


दुर्घटना

बैतडी । दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका–५ का ३१ वर्षीय सहचालक राजबहादुर चन्द रहेका छन् । चन्दको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

जिल्लाको ग्रामीण सडकखण्ड मेलौलीबाट तितावै जाँदै गरेको से २ त २५८१ ट्याक्टर गएराति पेले भन्ने ठाउँमा दुर्घटनामा भएको हो । दुर्घटनामा परी २२ वर्षीय डम्बर चन्द घाइते भएका छन् । ट्र्याक्टरका चालक डडेल्धुराका परशुराम नगरपालिका–५ जोगबुडाका ४७ वर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !