घटना

  • क्लब भिक्ट्री

    दरबार मार्गको क्लब भिक्ट्रीमा भिषण आगलागी

    असोज २६, काठमाडौँ । आज दशैंको अन्तिम दिन काठमाडौंको दरबार मार्गको क्लब भिक्ट्री (डान्स रेष्टुरेन्ट) मा भिषण आगलागी भएको छ । आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन । आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ । अहिले दुईवटा दमकल […]

  • सांसद अफताव आलम पक्राउ

    २६ असोज, रौतहट । नेपाली कांग्रेशका नेता तथा प्रतिनिधिसभाका सांसद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई पहिलो संविधानसभाको अघिल्लो दिन आलमकै निवासमा भएको विस्फोटका विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त विस्फोटवाट घाइते सबैलाई राजपुरस्थित इटाभाटामा ज्युदै जलाएर बेपत्ता बनाएको अभियोगमा उनलाई […]

  • मृत्युसँग जितेर फर्किएकाहरु भन्छन्, ‘अर्को जुनी पाइयो’

    २४ असोज, काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनावाट मृत्यु जितेर फर्कियाहरुले अर्को जुनी पाएको बताएका छन् गुणनिधी लम्साललेका अनुसार बसमा बालबालिकाको संख्या निकै थियो । उक्त बसको छतमा धेरै यात्रु थिए । केहीले भने छतबाट हामफलेर ज्यान जोगाएको समेत घाइतेले बताए । घाइतेहरुको स्थानीय स्वास्थ केन्द्र, धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल बनेपा, वीर अस्पतालको ट्रमा […]

  • सिन्धुपाल्चोक दुर्घटना : ११ मृतकको सनाखत

    २४ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । दुर्घटनावाट गम्भीर घाइते भएका १३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी दिए । मृत्कायु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती–९ का हीरा […]

  • सिन्धुपाल्चोक दुघटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

    २४ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१० मा शुक्रबार भएको बस दुर्घटनावाट मृत्यु हुनेको संख्या १४  पुगेको छ । दुर्घटनावाट गम्भीर घाइते भएका १३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी गराए । ७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको […]

  • दुर्घटनावाट घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्धार

    २४ असोज, काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको । बस दुर्घटनावाट घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । दुर्घटनावाट गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ । काठमाडौँतर्फ आइरहेको यात्रुबहाक बस बिहान पौने १० बजे दुर्घटना हुँदा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा परेकाहरुको सनाखत हुन बाँकी रहेको छ । डिएसपी माधव काफ्लेका […]

  • Fire

    पसलमा आगलागी हुँदा दुई लाख बराबरको क्षति

    २४ असोज, सर्लाही । सर्लाहीको मलङ्गवामा एक पसलमा आगलागी भएको छ । मलङ्गवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माविको सटरमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । उक्त आगलागीवाट रु दुई लाख बराबरको सामान जलेर नष्ट भएको जनाइएको छ । विद्युत् चुहावट भई आज बिहान ५:४५ बजेको समयमा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय […]

  • अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

    २४ असोज, काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने ४० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, भीमटार नजिक बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ […]

  • crimes

    सिरहाबाट लागुऔषधसहित तीन युवक पक्राउ

    २४ असोज, काठमाडौं । लागुऔषधसहित प्रहरीले सिरहाबाट तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका– ३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र १८ वर्षकै रञ्जीत मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको […]

  • crime

    महिलालाई बलात्कार गरेको आरोपमा मालपोतका प्रमुख ऐडी पक्राउ

    २३ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्रमुख भोजबहादुर ऐडीलाई बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक स्थानीय महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

  • दुर्घटना

    दाङमा बस दुर्घटना, ११ जना गम्भीर घाइते

    असोज १९, दाङ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रु वाहक बस दाङमा दुर्घटना हुँदा ११ जना गम्भीर घाइते भएका छन् । ना ७ ख ६८४१ नम्बरको बस दाङको लमही नगरपालिका-९ दाङ र बाँकेको सीमाना शिवखोलामा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार चालक निदाएर बस दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनाका […]

  • दुर्घटना

    नेपालथोकमा बस दुर्घटना : ३ को मृत्यु, ५ घाइते

    असोज १८, सिन्धुली । नेपालथोकमा बस दुर्घटना : ३ को मृत्यु, ५ घाइते ! विपी राजमार्गस्थित सिन्धुली जिल्लाको सीमाना नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार काठमाडौंबाट सिरहातर्फ जादै गरेको बा ३ ख २३५९ नम्बरको मिनी बस तीब्र […]

  • कृष्णबहादुर महरा

    महरा प्रकरण : फरेन्सिक जाँचको तयारी

    १७ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुर्व्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन दुर्व्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेत नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरुको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो । अनुसन्धान अधिकृतहरु बिहीबार दिनभर फरेन्सिक जाँचकै लागि प्रमाण […]

  • Krishna Bahadur Mahara

    महरा रोशनी शाहीको डेरामा पुगेको पुष्टि

    १६ असोज, काठमाडौं । यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ । प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । […]

  • Krishna Bahadur Mahara

    महरामाथि छानविनको क्रममा पिडितको घरबाट रक्सीका बोतल र कपडा बरामद

    १४ असोज, काठमाडौं । सभामुख पदवाट राजीनामा दिएका कृष्णबहादुर महराको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । बलात्कारको आरोप लागेपछि महराले आज राजीनामा दिएसँगै सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरी स्रोतले बताएका छन् । उक्त घट्नाको अनुसन्धानमा संलग्न एक अधिकृतले सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेको जानकारी दिए […]